News Category 2073/12/25

ट्याक्टरको ठक्करबाट दुई बालबालिकाको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
सुनसरी, २४ चैत ।
सुनसरी र सिरहामा बिहीबार भएको ट्याक्टर दुर्घटनामा परी दुई जना बलबालिकाको मृत्यु भएको छ । 
सुनसरीको हरिनगरा गाउँपालिका १ मा विहीबार ट्याक्टरको ठक्करबाट सोही स्थान २ बस्ने दिनेश मण्डलकी दुई बर्षिया छोरी मनिषा मण्डल रहेकी छिन् । बालिकालाई को २ त ११२९ नम्बरको ट्याक्टरले बाटोमा छेउमा खेल्ने क्रममा ठक्कर दिएको थियो । 
ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई गोल्डेन अस्पताल विराटनगर लगिएकोमा त्यही उपचारका क्रममा मृत्यु भएको हो । यता फरार ट्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
यसैगरि सिरहाको लहान नगरपलिका १० स्थित भित्री सडक खण्डमा विहीबार ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका मंगल पासवानको १२ बर्षिय छोरा सुमन पासवान रहेका छन् । 
दक्षिणबाट उतरतर्फ आउदै गरेको स १ त ५७६१ नम्बरको ट्याक्टरले खेल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते बालकको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यता ठक्कर दिने ट्याक्टर र त्यस्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट