News Category 2073/12/27

युथको सरसफाइमा मोर्चा र प्रहरीसँग सँगै

दैनिक समाचारदाता

राजविराज÷सप्तरी युथ नेपालले शुरु गरेको सरसफाई अभियानमा शनिबार नेपाल प्रहरी र मोर्चाका नेताहरुले सहभागिता जनाएका छन् । 
सप्तरी युथ नेपालले सरसफाई तपाईंको हातमा हामी युवा तपाईको साथमा भन्ने मूल नाराका साथ शुरु गरेको सरसफाई अभियानमा बिभिन्न क्षेत्रका व्यक्तिहरुले सहभागिता जनाउन थालेका छन् । 
३२ औं हप्ता राजविराज ७ थानगाछी टोलमा सरसफाई गरिएको सप्तरी युथ नेपालका बिष्णु यादवले जानकारी दिनुभयो । सरसफाईमा मधेशी मोर्चाका जिल्ला संयोजक दिनेश यादव, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य अनिरुद्ध सिंह यादव, शैलेन्द्र साह, अशोक यादवसहितका नेताहरुको सहभागिता थियो । 
सप्तरी युथ नेपालले विगत ३२ हप्तादेखि शुरु गरेको सरसफाई अभियानले राजविराज नगरका साथै जिल्लाको अन्य ग्रामिण भेगका बजारहरुमा समेत सरसफाई मुक्त देखिन थालेको सरोकारबालाहरुको कथन रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट