News Category 2070/07/07

आफ्नो पार्टी मधेशको एक नम्बर पार्टी बन्छ ः अध्यक्ष महतो

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ६ कात्तिक । 
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी मंसीर ४ गते हुने संबिधानसभा निर्वाचनमा आफ्नो पार्टी मधेशको एक नम्बर  पार्टी बन्ने बताउनुभएको छ । 
राजविराजमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले अबको संबिधानसभाको निर्वाचनमा देशभरीमा ५० भन्दा बढी सिट जित्ने दाबी गर्नुभयो । 
मधेश र पहाडको ४० जिल्लाका १ सय ३३ क्षेत्रमा पार्टीले उम्मेदबारी दिएको बताउनुहुँदै उहाँले ५० भन्दा बढी सिट आउने आफूहरुको आंकलन रहेको बताउनुभयो ।
जनताको भावना बुझ्ने उम्मेदबारलाई जिताउनुपर्ने बताउनुहुँदै उहाँले व्यक्ति भन्दा पार्टीलाई विश्वास गरेर सुझबुझका साथ निर्वाचनमा मतदान गर्न आग्रह गर्नुभयो । 
कार्यकारी प्रधानमन्त्री र संबैधानिक राष्ट्रपतिय प्रणालीको पक्षमा आफनो पार्टी रहेको प्रसङ उल्लेख गर्नुहुँदै उहाँले आगामी निर्वाचनमा परिवर्तनकारी शक्तिहरुलाई जिताउन सकिएमात्र जनताको भावना अनुसारको संबिधान बनाउन सकिने बताउनुभयो । 
करिब २२ बर्षअघि सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहले उठाएको संघीयताको मुद्धा आज राष्ट्रिय मुद्धा बनेको संबिधानसभाबाट यसलाई संस्थागत गर्न परिवर्तनकारी शक्तिको बिजयी आवश्यक भएको अध्यक्ष महतोको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट