News Category 2073/12/28

रावि नपामा काँग्रेसबाट १० जना पुरुष तथा तीन महिला मेयर÷उपमेयरको आकाक्षि , काँग्रेसको चुनावी सभा मोर्चाले बिथोल्यो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 
नेपाली काँग्रेस सप्तरीबाट राजविराज नगरपालिका लागि १० जना पुरुष मेयर तथा तीन जना महिला उपमेयरमा उम्मेदबारका लागि आकांक्षी देखिएका छन् ।
आईतवार राजविराजस्थित दास धर्मशालामा आयोजित नेपाली काँग्रेस नगर स्तरिय वृहत कार्यकर्ता भेलामा ती व्यक्तिहरु आफू योग्य भएको दाबी गर्दै उम्मेदबारीका लागि घोषणा गरेका छन । 
राजविराज नगरपालिकाको मेयरका आकाक्षिका रुपमा शम्भुलाल देव, शशि माझि, मो. ईर्साद अन्सारी, प्रभात ललन, सविर आजम, सतिशचन्द्र झा, राधाकान्त देव, ध्रुवप्रसाद देव, अनिल देव, प्रदिप यादव देखिएका छन् । उपमेयर पदमा निलम कर्ण, ववितादेवी साह र सरिता मण्डलले उम्मेदवारी घोषणा गरेका हुन् ।
यता मधेश आन्दोलन सुरु भएयता कांग्रेसले एक वर्ष यता नगर क्षेत्रमा गरेको यो पहिलो कार्यक्रम हो । स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर पार्टी कार्यक्रम र वैठक तीव्र वनाईएको कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले वताउनुभयो । उहाँले एमाले र मधेशवादी दलको अतिवादी सोचका कारण मुलुक संकटमा परेको समेत आरोप लगाउनुभयो ।
स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोधका कारण निर्वाचन तोकेकै समयमा हुने न हुने अन्यौलताका विच नेपाली कांग्रेसले पार्टी कार्यक्रम र वैठक तीव्र वनाएको हो ।
नगर समिति शम्भुलाल देवको अध्यक्षतामा आयोजित कार्यक्रमका सहभागि अधिकांश वक्ताले स्थानीय तहको निर्वाचनमा स्वच्छ, त्यागी र जनभावना अनुसारको ब्यक्तित्व चयन गर्न पार्टीलाई आग्रह गरे । नेपालकै पुरानो मध्येका एक राजविराज नगरपालिकाको मेयर उपमेयर वडा अध्यक्ष पदका लागि आकांक्षि वढि भएपछि त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्याले आफुलाई सकस पारेको सभापति यादवको भनाई छ ।
उहाँले पार्टीका लागि योगदान गर्ने, स्वच्छ छवि तथा जनताले मन पराएका ब्यक्तिलाई अवसर दिने योजना रहेको वताउँदै केहि दिनभित्रै उमेदवारको टुंगो लाग्ने जानकारी दिनुभयो ।
काँग्रेसको चुनावी सभा मोर्चाले बिथोल्यो
दैनिक समाचारदाता
राजविराज, २७ चैत । 
सप्तरीको कोचाबखारीमा आईतबार नेपाली काँग्रेसको चुनावी सभालाई मोर्चाले बिथोलेको छ । 
कोचाबखारी गाबिसस्थित राप्रावि लोखरममा कातलस्ँग्रेसले राखेको चुनावी सभालाई मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले बिथोलेको जनाएको छ । 
काँग्रेसको चुनावी सभालाई मोर्चाका दर्जनौ नेता कार्यकर्ताहरुले कार्यक्रम बिथोलिएको मोर्चा निकट राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला कोषाध्यक्ष मनोज कुमार मेहताले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट