News Category 2073/12/28

विवाद नमिलाए पत्रकार महासंघ केन्द्रिय कार्यालयमा धर्ना बस्ने निर्णय

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ चैत । 
नेपाल पत्रकार महासंघ सप्तरी शाखाको आइतबार सम्पन्न बैठकले महासंघ भित्रको सम्पूर्ण विवादको अन्त्य गरी अधिवेशनको वातावरण मिलाउन केन्द्रीय कार्यालयसँग आग्रह गरेको छ ।
महासंघका कार्यवाहक अध्यक्ष श्रवणकुमार देव, सहसचिव सुधा देव, कोषाध्यक्ष मनोज माझी, सदस्यहरु भुषण सिंह, चन्दन यादव, बृजमान तामाङ र राजकुमार पासवानद्वारा जारि संयुक्त विज्ञप्तिमार्फत बैठकले सो निर्णय गरेको जनाइएको छ ।   
साथै बैठकले सप्तरीमा केन्द्रले नै सृजना गरेको विवाद अबिलम्ब समाधान गर्न आग्रह गर्दै आगामी २०७३ साल चैत २९ गतेसम्म केन्द्रले विवाद समाधान गरी अधिवेशनको वातावरण नबनाएमा महासंघ केन्द्रिय कार्यालयमा धर्ना बस्ने निर्णय समेत गरेको जनाइएको छ । 
जारि विज्ञप्तिमा पूर्व अध्यक्ष तथा पार्षदहरुको समेत सहभागितामा सम्पन्न बैठकले केन्द्रले नै शाखा तथा प्रतिष्ठानहरुको बैशाख ७ गतेभित्र अधिवेशन गरिसक्नुपर्ने निर्णय गरेपनि सप्तरीमा विवादको समाधान गर्न नचाहेको ठहर समेत गरेको छ । 
महासंघले आफ्ना सम्पूर्ण सदस्यहरुको नामावली र नवीकरण वापत लाग्ने शुल्क तोकेको समयसीमा भित्रै महासंघ केन्द्रको खाता रहेको बैंक अफ काठमाण्डुमा जम्मा गरिसकेर सम्पूर्ण प्रकृया पूरा गर्दा समेत व्यक्तिबादी सोंचका कारण महासंघ केन्द्रिय समितिका पदाधिकारीले सप्तरीका समग्र पत्रकारलाई बिना कारण दुःख दिन खोजेको बैठकले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट