News Category 2073/12/29

छिन्नमस्तामा लक्षचण्डी रुद्र महायज्ञ सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ चैत । 
नेपालको प्रसिद्ध सप्तरीको छिन्नमस्ता शक्तिपिठमा मुलुकको शान्ति एवं मानवकल्याणका लागि सोमबार विधिपूवर्क लक्षचण्डी रुद्र महायज्ञ सुरु भएको छ । 
सो महायज्ञको जिउँदो देवीको उपमा पाएकी पाथिभरा देवी माताले हवनकुण्डमा प्रज्वलन गरेर उद्घाटन गर्नुभयो । 
यसअघि चैत्र १६ गतेदेखि हुने भनिएको महायज्ञ नेपालको वर्तमान राजनीति परिस्थिति र गत फागुन २३ गते जिल्लामा प्रहरीको गोली लागि पाँच जनाको मृत्यु भएको कारणले चैत २८ गते बैशाख ६ गतेसम्म संचालन हुनेछ । 
महायज्ञका लागि ४० हजार वर्गफिटको विशाल एवं भव्य यज्ञशाला निर्माण गरिएको छ भने सो स्थानमै यज्ञाशालामा हवन कुण्ड रहेको छ ।
करिब २१ करोड खर्च हुने सो महायज्ञ विश्वमै पाँचौं पटक हुन लागेको मन्दिरका पिठाधिश एवं महायज्ञका संयोजक महाकान्त ठाकुरको  दाबी छ । महायज्ञको मण्डप तयार पार्न १ करोड २५ लाख रकम खर्च भइसकेको मन्दिरका पिठाधिश ठाकुरले जानकारी दिनुभयो । 
सोही अवसरमा आईतबार हजारौंको सहभागितामा महायज्ञ स्थलबाट निकालिएको कलश यात्रा विभिन्न गाबिसको परिक्रमा पश्चात् घोरदह नदीमा जल लिई पुन यज्ञस्थलमा पुगि रिसार गरिएको थियो ।
यस्तै महायज्ञ अवधी भर प्रत्येक दिन करिब ७ हजार साधुसन्तको भोजनमा करिब २ करोड १३ लाख खर्च हुने अनुमान गरिएको छ । 
महायज्ञमा कलशयात्रा, दैनिक पुजाअर्चना, दुर्गा सप्तशक्ति पाठ, हवन, श्रीमद् भागवत एवं श्रीदेवी भागवत कथा, रासलीला, कलयुग अवतार दर्शन, मिथिला साहित्य तथा विभुति प्रतिमा प्रदर्शनी, बालउद्यान, मीनाबजार सहित मेलाको प्रबन्ध गरिएको छ । यस्तै महायज्ञमा ३ हजार ५ सय विद्धान पंंडित राखी पुजापाठ एवं हवन गरिने व्यवस्था मिलाईएको छ । 
यसअघि महायज्ञको प्रचार प्रसारका लागि गत असार ३० गतेबाट निस्केको माता छिन्नमस्ता सखडेश्वरी रथ नेपालको मेची महाकाली १ सय ८१ दिनको यात्रा सम्पन्न गरी भारत बिहारको यात्रा समेत गरेको थियो । महायज्ञमा भारतको हरिद्धारका साथै चारै पिठका आचार्यहरु आउने दाबी गरिएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट