News Category 2073/12/29

दैनिक ज्यालादारी कर्मचारीको पाँच बुँदे माँग सार्वजनिक

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ चैत । 
कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन डिभिजन अन्तर्गत दैनिक ज्यालादारी कर्मचारी इकाई समिति राजविराजले विभिन्न पाँच बुँदे माँगहरु अघि सारेको छ ।
दैनिक ज्यालादारी कर्मचारी इकाई समिति राजविराजका अध्यक्ष छत्रनारायण यादव, उपाध्यक्ष सफिद रहमान र सचिव राजकुमार यादवद्वारा जारि विज्ञप्तिमा सो पाँच बुँदे माँगहरु डिभिजन कार्यालयमा ज्ञापनको रुपमा बुझाएको जनाइएको छ । 
सप्तरी जिल्लाको जिल्ला दर रेट कमिटिले स्विकृत गरेको दर रेटको आधारमा प्रतिदिन श्रम गरी ज्याला पाउने श्रमिकहरुलाई विभागीय निर्देशनमा लगाईएको उमेरको हद अविलम्व बदर गर्नुपर्ने, डिभिजन कार्यालय अन्तर्गत ३ बर्षदेखि १० वर्षसम्म अथवा शैक्षिक योग्यताको आधारमा विभिन्न स्तरमा निरन्तर काम गर्ने श्रमिकहरुलाई अनिवार्य रुपले स्तर बृद्धि गर्नुपर्ने, १५ वर्षदेखि २५ वर्षसम्म निरन्तर रुपमा काम गरेको श्रमिकहरुलाई एकमृष्ठ उपदानको व्यवस्था गर्नुपर्ने, नेपाल सरकारले श्रम ऐनमा गरेको व्यवस्था अनुसार रोजगारीको ग्यारेन्टीको साथै स्थायी सेवाको व्यवस्था गर्नुपर्ने र विद्युतीय प्लान्टमा काम गर्ने श्रमिकहरुको जिवन बिमाको व्यवस्था गर्नुपर्ने माँगहरु अघि सारेको छ ।
सो ज्ञापन पत्रमा माँगहरु अविलम्व पुरा नभएको खण्डमा कडा संघर्षका कार्यक्रमहरु संचालन गर्ने जनाईएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट