News Category 2073/12/30

फोरम लोकतान्त्रिकका युवा नेता मुक्ति रामसपामा प्रवेश

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका युवा नेता निरज मुक्ति लगायत विभिन्न पार्टी परित्याग गरि ८ सय जना भन्दा बढी राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
सप्तरीको कोईलाडस्थित जिरिया हटियामा भण्डाफोर तथा पार्टी प्रबेश कार्यक्रममा मंगलबार मुक्तिसहितलाई रामसपाका केन्द्रिय अध्यक्ष शरत्सिंह भण्डारीले फुलमाला अबिर लगाएर पार्टी प्रवेश गराउनुभयो । 
जिल्ला अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षता तथा राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरत सिंह भण्डारीको प्रमुख आतिथ्यमा आयोजित सो समारोहमा रामसपाका सांसद निर्जला राउत, बरिष्ठ उपाध्यक्ष शेखर कुमार सिंह, केन्द्रिय महासचिव केशव झा, केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल सहितकाहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट