News Category 2073/12/30

आगलागीबाट ३ लाख बढीको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 
सप्तरीको नर्घो गाबिस ६ मा मंगलबार भएको आगलागीबाट करिब ३ लाख भन्दा बढीको क्षति भएको छ । 
स्थानीय हरिदेव मण्डलको घरमा अचनाक आगलागी हुँदा अन्दाजी ८० हजार मुल्य बराबरको क्षति भएको हो । आगलागीबाट मण्डलको फुसको छानो भएको एक तले घर तथा सम्पुर्ण सामान जलेर नष्ट भएको छ । 
त्यसैगरी छिमेकी मनोज साहको घरमा समेत आगलागी हुँदा अन्दाजी ३ लाख ५० हजार बराबरको क्षति भएको छ । आगलागीबाट साहको टिनको छानो भएको एक तले घर तथा किराना पसलमा रहेको सम्पुर्ण सामान जलेर नष्ट हुँदा सो मुल्य बराबरको क्षति भएको पिडिते बताएका छन् । आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरी चौकी झुट्कीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट