News Category 2074/01/02

सप्तरीका पत्रकारहरुको धर्ना तेश्रो दिन पनि जारि, आन्दोलनमा ऐक्यबद्धता जनाउनेहरुमा सांसददेखी नागरिक समाजका अगुवासम्म

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ वैशाख । 
विभिन्न माँगहरु राख्दै तीन दिनदेखी काठमाडौंस्थित नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयमा आन्दोलन गर्दै धर्ना बस्दै आएका सप्तरीका पत्रकारहरुको माँगप्रति ऐक्यबद्धता जनाउनेहरु संख्या बढ्दै गएको छ । 
विगत दुई वर्षदेखी जिल्लामा विभिन्न चरणको आन्दोलन गर्दै आएका सप्तरीका पत्रकारहरुप्रति केन्द्रिय कार्यालयले कुनै चासो नदेखाएको भन्दै अन्तिम पटक बाध्य भई काठमाडौंमूखी आन्दोलन गरिएको संघर्ष समितिका प्रवक्ता जितेन्द्र झाले बताउनुभयो । 
यसैबीच आन्दोलनरत पत्रकार र महासंघका पदाधिकारीबीच पहिलो चरणको वार्ता शुक्रबार विना निष्कर्ष सम्पन्न भएको छ । शनिबार पुनः वार्ता हुनेछ । 
यता ऐक्यबद्धता जनाउन आएका प्रेस सेन्टरका केन्द्रिय अध्यक्ष महेश्वर दाहालले सप्तरीको विवाद धेरै दिनसम्म रहेको र यसलाई केन्द्रिय समितिले मिलाउन नसक्नु बिडम्बना भएको बताउनुभयो । उहाँले आफूले यो समस्या चाँडै समाधान गर्न केन्द्रसँग आग्रह गरेको बताउँदै समाधान नभए आफूले सदस्यता परित्याग गर्दै महाधिवेसनमा भाग नलिने चेतावनी दिएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयका सल्लाहकार पोषण केसीले समेत केन्द्रिय पदाधिकारी मनमानी तरिकाले अघि बढेकै कारण यस्तो समस्याहरु आएको बताउँदै अबिलम्ब समाधान गर्न केन्द्रिय समितिसँग आग्रह गर्नुभयो । 
नेपाल मानवअधिकार संगठनका महामुनेश्वर आचार्य र इन्द्र प्रसाद अर्यालले पनि माग पूरा गर्नुपर्ने बताउनुभयो । 
यस्तै नागरिक समाजका अगुवाहरु चरण प्रसाइँ, युग पाठक, पूर्व राजदूत डा. सुरेश चालिसे, बिरेन्द्र प्रसाद मिश्र, कृष्णा गौतम, डा. केदार नरसिंह केसी, गणेश मण्डलसहितकाले सप्तरीका पत्रकारहरुको माग अबिलम्ब पूरा गर्नुपर्नेमा जोड् दिनुभयो । 
यस्तै सप्तरीका सांसद सकलदेव सुतिहार, रंजु ठाकुर, नेपाल सद्भावना पार्टीकी सांसद डिम्पल झा, तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल, पूर्व मन्त्री जयप्रकाश गुप्ता, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जली कुमार झासहितकाले सप्तरीका पत्रकारहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनु भएको छ । 
नेपाल पत्रकार महासंघ सप्तरीमा अबैधानिक हस्तक्षेप बन्द गर्न, नयाँ सदस्यता तथा नविकरणमा देखिएको विवाद, नेपाल पत्रकार महासंघ सप्तरीमा बहुमत कार्यसमितीले गरेको निर्णयलाई कार्यान्वयन गर्न लगायतको माँग राख्दै धर्ना बसेका हुन् । यस्तै दुई तिहाई भन्दा बढी सदस्यहरुको निर्णय तथा पूर्व सभापतिहरुको सुझाव समेतलाई लत्याउदै महासंघको केन्द्रिय समितीले एकलौटी रुपमा अनाधिकृत तवरले हस्तक्षेप गर्न खोजेको भन्दै आन्दोलनमा उत्रनु परेको महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवणकुमार देवले बताउनुभयो । 
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवण कुमार देबको नेतृत्वमा बिभिन्न संचार माध्यममा आबद्ध क्रियाशिल पत्रकारहरु महासंघको केन्द्रिय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी सहित धर्ना बसेका छन् । 
यसअघि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा, मधेशी बुद्धिजिवि, मेधश र मेधशीको अधिकार बारे वकालतकर्ता एवं अधिवक्ता दिपेन्द्र झा, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी, मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंह, नागरिक समाजवादी पार्टीका अध्यक्ष राजकुमार लेखी, सप्तरी क्षेत्र नं. २ का सांसद अशोक मण्डललगायतले धर्ना स्थल नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको मूलगेट अगाडी  धर्ना बसेका सप्तरीका पत्रकारहरुसँग भेटघाट गर्नुभएको थियो । 
यसैगरि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्षद्वय विष्णु निष्ठुरी, सुरेश आचार्य, पूर्व केन्द्रिय सदस्य राजेश मिश्र, प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, पूर्व अध्यक्ष समिरजंग शाह, वर्तमान महासचिव अजयबाबु सिवाकोटी लगायत, संघीय प्रेस फोरमका केन्द्रिय अध्यक्ष गोबिन्द छत्याल, नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले पनि सप्तरीका पत्रकारहरुसँग भेटघाट गर्दै माँगहरुप्रति चासो व्यक्त गर्नुभएको थियो । 
धर्नामा कार्यबाहक अध्यक्ष देवसहित सहसचिव सुधा देव, कार्य समिती सदस्यहरु भुषण सिंह, चन्दन यादव, बृजमान तामाङ, राज कुमार पासवान, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार जितेन्द्र खड्गा, प्रेस यूनियनका केन्द्रिय सदस्य अवधेश कुमार झा, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष देवराम यादब, जिल्ला अध्यक्ष गोपाल प्रसाद गुप्ता, प्रेस यूनियन सप्तरीका कार्यबाहक अध्यक्ष राम नारायण विश्वास, संघीय प्रेस फोरम नेपालका केन्द्रिय सदस्य बैद्यनाथ यादब, सप्तरीका सचिब जितेन्द्र कुमार झा, कोषध्यक्ष धर्मपाल राउत, पत्रकार माला कर्ण, कृष्ण कुमार मण्डल लगायतका रहेका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट