News Category 2074/01/02

माछापुच्छ«े बैंकद्वारा खाद्यान्न तथा स्टेशनरी सामाग्रि वितरण

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ बैशाख । 
माछापुच्छ«े बैंक लिमिटेड शाखा राजविराजले नयाँ वर्ष २०७४ को अवसरमा शुक्रबार बाल कल्याण गृहका बालकलाई खाद्यान्न तथा स्टेशनरी सामाग्रि वितरण गरेको छ । 
राजविराजस्थित जिल्ला बाल कल्याण गृहका बालकलाई चामल १ सय २० केजी, दाल ३० केजी, चाउचाउ एक कार्टुन, खानेतेल एक कार्टुन वितरण गरिएको बैंकका प्रबन्धक सौरव सर्राफले जानकारी दिनुभयो । 
त्यस्तै बाल कल्याण गृहमा बस्दै आएका प्रत्येक बालकलाई कापी, पेन्सिल, इरेजर, कटर बितरण गरिएको छ । सो अवसरमार बैंकका कर्मचारी, बाल गृहका कर्मचारी, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो । 
हाल सो बाल कल्याण गृहमा २६ जना अभिभावकबिहीन बालकहरु बस्दै आएको बाल कल्याण गृहले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट