News Category 2074/01/03

राजविराजमा दवाव ¥याली

दैनिक समाचारदाता

राजविराज÷विभिन्न माँगहरु राख्दै चार दिनदेखी काठमाडौंस्थित नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयमा आन्दोलन गर्दै धर्ना बस्दै आएका सप्तरीका पत्रकारहरुको माँगप्रति ऐक्यबद्धता जनाउँदै शनिबार राजविराजमा दवाव ¥याली निकालिएको छ । 
नेपाल पत्रकार महासंघ सप्तरी शाखाबाट निकालिएको उक्त ¥यालीमा जिल्लामा रहेका पत्रकारहरुको सहभागिता रहेको थियो । सो ¥याली नगर परिक्रम पश्चात् पुनः महासंघमै पुगेर सभामा परिणत भएको थियो । 
सभामा पत्रकार महासंघका पूर्वसभापति बैजनाथ झाले सप्तरीका पत्रकारहरुले चार दिनदेखी काठमाडौंस्थित केन्द्रिय कार्यालयमा धर्ना दिइरहेको भन्दै उनीहरुको माँग अविलम्ब पुरा गर्न केन्द्रिय समितिले अग्रसरता देखाउनु पर्ने बताउनुभयो । उहाँले पत्रकारहरुको माँग पुरा नगरिए शसक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो । 
विगत दुई वर्षदेखी जिल्लामा विभिन्न चरणको आन्दोलन गर्दै आएका सप्तरीका पत्रकारहरुप्रति केन्द्रिय कार्यालयले कुनै चासो नदेखाएको भन्दै अन्तिम पटक बाध्य भई काठमाडौंमूखी आन्दोलन गरिएको गरिएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट