News Category 2074/01/03

दृष्टिबिहिनका लागि घर निर्माण हुने

दैनिक समाचारदाता

राजबिराज÷सप्तरीको गम्हरिया प्रवाहा गाबिसका एकै परिवारमा ५ जना दृष्टिबिहिन मण्डल परिवारका लागि घर निर्माण हुने भएको छ । 
शनिबार ती परिवारको घर निर्माणका लागि एक कार्यक्रमबीच धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कटेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले शिलान्यास गर्नुभयो । 
मण्डल परिवारको लागि जम्मा ३ वटा घर निर्माण गरिने तथा सो को लागत ३० लाख लाग्ने जिग्रिपाडे प्रतिष्ठानका कुमार कटेल (जिग्री) ले जानकारी दिनुभयोे । बैशाख मसान्तसम्म उक्त घर निर्माण गर्ने योजना रहेको छ ।
त्यस्तै कुल लागत ३० लाख मध्ये १५ लाख रुपैया सहयोग संकलन भई सकेको र १५ लाख संकलन गर्न बाकि रहेकोले सो समेत चाडै संकलन हुने जिग्रिले जानकारी दिनुभयो ।
उक्त मण्डल परिवारको लागि निर्माण हुने घर बाहेक सो परिवारका ४ जना बालबालिकालाई निशुल्क अध्ययनका लागि काठमाण्डौ पठाई सकिएको तथा बाकि बालबालिकाको लागि समेत पहल भई रहेको समाजिक अभियन्ता रमेश कुमार साहले जानकारी दिनुभयो ।
दृष्टिबिहिन परिवारका लागि घर संगै आखाँको समेत उपचारको लागि पहल भई रहेको जानकारी उहाँले बताउनुभयो ।
घर निर्माण निर्माण कार्य सप्तरी युथ नेपाल, जिग्री पाडे प्रतिष्ठान नेपाल र सामाजिक अभियन्ता रमेश कुमार साहको संयुक्त पहलमा भईरहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट