News Category 2074/01/04

पत्रकारको आन्दोलनमा ऐक्यबद्धता जनाउने बढ्दै, विभिन्न पार्टीका अध्यक्षदेखी सांसदसम्म

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजबिराज, ३ बैशाख ।
विगत पाँच दिनदेखी सप्तरीका पत्रकारहरु केन्द्रिय कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेपछि ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै गएको छ । 
आइतबार पाचौं दिन मधेशी बुद्धिजिवि एवं पत्रकार डा. राजेश अहिराजले धर्नामा बसेका पत्रकारहरुलाई शान्तिको प्रतिक गुलाबको फुल दिएर ऐक्यबद्धता प्रकट गर्नुभयो । 
त्यस्तै सोही दिन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रदेश नं. २ का प्रमुख रेणु कुमारी यादव, फोरम लोकतान्त्रिकका सांसद जितेन्द्र नारायण देव, डा. सुवोद कुमार पोखरेल, काँग्रेसका सांसद रन्जित कर्ण, पत्रकार महासंघका पूर्वसचिव रामजी दाहाल, प्रेस युनियनका सचिव खिला कार्की, पत्रकार केदार कोइराला, सांसद जनकराज चौधरी, योगेन्द्र चौधरी, प्रेस सेन्टरका महासचिव विष्णु सापकोटा लगायतका व्यक्तिहरु सप्तरीका पत्रकारहरुको माँग बारे चासो राख्दै ऐक्यबद्धता जनाउनुभएको छ ।  
यसअघि शनिबार चौथो दिन नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका सल्लाहकार गोबिन्द आचार्य, प्रेस चौतारीका केन्द्रिय सदस्य सुभाष झा, संघिय समाजवादी फोरम नेपालका उपाध्यक्ष युवराज कार्की, महासचिव रामसहाय यादव, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, पूर्व सिंचाई मन्त्री उमेश यादव, प्रेस मंचका सल्लाहकार राजकुमार यादव, पूर्व सांसद बिनोद सापकोटासहितकाले सप्तरीका पत्रकारहरुको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । 
यसअघि प्रेस सेन्टरका केन्द्रिय अध्यक्ष महेश्वर दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयका सल्लाहकार पोषण केसी, नेपाल मानवअधिकार संगठनका महामुनेश्वर आचार्य, इन्द्र प्रसाद अर्याल, नागरिक समाजका अगुवाहरु चरण प्रसाइँ, युग पाठक, पूर्व राजदूत डा. सुरेश चालिसे, बिरेन्द्र प्रसाद मिश्र, कृष्णा गौतम, डा. केदार नरसिंह केसी, गणेश मण्डलसहितकाले सप्तरीका पत्रकारहरुको माग अबिलम्ब पूरा गर्नुपर्नेमा जोड् दिनुभयो । 
यस्तै सप्तरीका सांसद सकलदेव सुतिहार, रंजु ठाकुर, नेपाल सद्भावना पार्टीकी सांसद डिम्पल झा, तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनल, पूर्व मन्त्री जयप्रकाश गुप्ता, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, नेपाल चिकित्सक संघका अध्यक्ष डा. अन्जली कुमार झासहितकाले सप्तरीका पत्रकारहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनु भएको छ । 
यसअघि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा, मधेशी बुद्धिजिवि, मेधश र मेधशीको अधिकार बारे वकालतकर्ता एवं अधिवक्ता दिपेन्द्र झा, राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी, मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंह, नागरिक समाजवादी पार्टीका अध्यक्ष राजकुमार लेखी, सप्तरी क्षेत्र नं. २ का सांसद अशोक मण्डललगायतले धर्ना स्थल नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको मूलगेट अगाडी  धर्ना बसेका सप्तरीका पत्रकारहरुसँग भेटघाट गर्नुभएको थियो । 
यसैगरि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्षद्वय विष्णु निष्ठुरी, सुरेश आचार्य, पूर्व केन्द्रिय सदस्य राजेश मिश्र, प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल, पूर्व अध्यक्ष समिरजंग शाह, वर्तमान महासचिव अजयबाबु सिवाकोटी लगायत, संघीय प्रेस फोरमका केन्द्रिय अध्यक्ष गोबिन्द छत्याल, नागरिक समाजवादी पार्टीका संयोजक राजकुमार लेखी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले पनि सप्तरीका पत्रकारहरुसँग भेटघाट गर्दै माँगहरुप्रति चासो व्यक्त गर्नुभएको थियो । 
नेपाल पत्रकार महासंघ सप्तरीमा अबैधानिक हस्तक्षेप बन्द गर्न, नयाँ सदस्यता तथा नविकरणमा देखिएको विवाद, नेपाल पत्रकार महासंघ सप्तरीमा बहुमत कार्यसमितीले गरेको निर्णयलाई कार्यान्वयन गर्न लगायतको माँग राख्दै धर्ना बसेका हुन् । यस्तै दुई तिहाई भन्दा बढी सदस्यहरुको निर्णय तथा पूर्व सभापतिहरुको सुझाव समेतलाई लत्याउदै महासंघको केन्द्रिय समितीले एकलौटी रुपमा अनाधिकृत तवरले हस्तक्षेप गर्न खोजेको भन्दै आन्दोलनमा उत्रनु परेको महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवणकुमार देवले बताउनुभयो । 
नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवण कुमार देबको नेतृत्वमा बिभिन्न संचार माध्यममा आबद्ध क्रियाशिल पत्रकारहरु महासंघको केन्द्रिय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी सहित धर्ना बसेका छन् । 
धर्नामा कार्यबाहक अध्यक्ष देवसहित सहसचिव सुधा देव, कार्य समिती सदस्यहरु भुषण सिंह, चन्दन यादव, बृजमान तामाङ, राज कुमार पासवान, नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार जितेन्द्र खड्गा, प्रेस यूनियनका केन्द्रिय सदस्य अवधेश कुमार झा, प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष देवराम यादब, जिल्ला अध्यक्ष गोपाल प्रसाद गुप्ता, प्रेस यूनियन सप्तरीका कार्यबाहक अध्यक्ष राम नारायण विश्वास, संघीय प्रेस फोरम नेपालका केन्द्रिय सदस्य बैद्यनाथ यादब, सप्तरीका सचिब जितेन्द्र कुमार झा, कोषध्यक्ष धर्मपाल राउत, पत्रकार माला कर्ण, कृष्ण कुमार मण्डल लगायतका रहेका छन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट