News Category 2074/01/04

गजेन्द्र चौकस्थित एक कपडा पसलमा बम फेला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजबिराज, ३ बैशाख ।
राजविराज गजेन्द्र चौकस्थित एक कपडा पसल अरुण इम्पोरियममा आइतबार साँझ एक सकेट बम फेला परेको छ । 
पसलमा कपडा मिलाउँदै गरेको अवस्था टेबुलमा बम भेटिएको जनाइएको छ । यता बम भेटिएपछि सो क्षेत्रका स्थानियवासीमा त्रास फैलाइएको छ । 
बम डिस्पोज गर्न नेपाली सेनाको टोली प्रयासरत रहेको छ भने नेपाल प्रहरीले सो क्षेत्र घेराबन्दी गरेको छ । 
यसअघि पनि राजविराजस्थित तीन व्यापारीको घरमा बम भेटिएको थियो भने दुई निजि विद्यालयमा समेत बम फेला परेको थियो । त्यसअघि जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत बम फेला परेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट