News Category 2074/01/06

निर्वाचनबिरुद्ध मोर्चाद्वारा मसाल जुलुस प्रदर्शन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ बैशाख । 
स्थानीय तहको चुनावको बिरोधमा मंगलबार साँझ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सप्तरीको विभिन्न स्थानहरुमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
संघिय संरचना लगायतका मुद्धाहरु सम्बोधन नगरी स्थानीय निकायको निर्वाचन गराउँन लागेको भन्दै मोर्चाले पुर्व घोषित कार्यक्रम अनुसार राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको हो । 
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवको नेतृत्वमा मोर्चाका सयौं नेताहरु हाथमा कालो पटी बाँधी राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निकालिएको मसाल जुलस नगर परिक्रमा गरेको थियो । 
यस्तै राजविराजसहित जिल्लाको ईटहरी विष्णुपुर, पातो, वोदेवर्साईन, कदमाहा, कल्याणपुर,  कठौना, रुपनी, सितापुर, कन्चनपुर, फत्तेपुर, हनुमाननगर, गोईठी, बथनाहा, तिलाठी, भारदह र वेल्ही चपेनामा मसाल जुलुस निकालिएको छ । 
यता बेल्ही चपेनामा राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल र तिलाठीमा जिल्ला उपाध्यक्ष निरज मुक्तिको नेतृत्वमा मसाल जुलुस निकालिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट