News Category 2070/07/09

सप्तरीको ६ वटै क्षेत्रमा कडा प्रतिष्पर्धा हुने

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, ८ कात्तिक । 
आगामी मंसीर ४ गते हुने संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा कडा प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ । 
सप्तरीको क्षेत्र नम्बर १ मा एमाओवादीका मानपुर चौधरी, फोरम नेपालका सुर्यनाथ यादव, एमालेका सुमनराज प्याकुरेल र फोरम लोकतान्त्रिकका हेमराज तातेड बीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । 
उक्त क्षेत्रबाट बिभिन्न दल स्वतन्त्र गरी ४३ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् । अघिल्लो संबिधानसभा चुनावमा सो क्षेत्रबाट फोरम नेपालको तर्फबाट तातेडले ९ हजार ८ सय ७९ मत ल्याएर बिजयी भएको थियो । 
अघिल्लो चुनावमा एकिकृत नेकपा माओवादीका तर्फबाट उम्मेदवार बन्नुभएका सुर्यनाथ यादवले ७ हजार ८ सय २४ मत ल्याएर दोश्रो, एमालेका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिनुभएका मानपुर चौधरीले ७ हजार ६ सय ३७ मत ल्याएर तेश्रो र एमालेका उम्मेदवार सुमनराज प्याकुरेलले ६ हजार ६ सय ९६ मत ल्याएर चौथो स्थानमा रहेका थिए ।  
अघिल्लो निर्वाचनमा मुख्य प्रतिष्पर्धी रहेका उम्मेदवारहरु नै पुनः चुनावी मैदानमा आमन्ने सामन्ने भएपछि उहाँहरु बीच नै अबको निर्वाचनमा पनि कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
अघिल्लो संबिधानसभामा मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट तराई मधेश अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले जितेको सप्तरीको क्षेत्र नम्बर २ मा उक्त क्षेत्रमा अहिले एकिकृत नेकपा माओवादीका अशोक मण्डल(अमर), मधेशी जनअधिकार फोरम नेपालका चन्द्र नारायण यादव, सद्भावना पार्टीका नवलकिशोर साह(रामबाबु), नेपाली काँग्रेसका बिरबल बिराजी र राष्ट्रिय मधेश समाजवादी पार्टीका शेखर प्रसाद सिंह मुख्य प्रतिष्पर्धीका रुपमा देखिएका छन् । 
अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट  ८ हजार ५ सय १५ मत ल्याएर बिजयी हुनुभएका जयप्रकाश प्रसाद गुप्ता अहिले उम्मेदवार हुनुहुन्न भने ५ हजार ७ सय ६५ मत ल्याएर दोश्रो स्थानमा रहनुभएका तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका बिजय यादव, ५ हजार ३ सय ८४ मत ल्याएर तेश्रो भएका सद्भावना पार्टीका माधुरी मण्डल पनि उम्मेदवार बन्नुभएको छैन् ।
त्यस्तै सप्तरीको क्षेत्र नम्बर ३ मा एमाओवादी उमेश यादव, फोरम नेपालका शैलेन्द्र प्रसाद साह, सद्भावना पार्टीका अनिस अन्सारी, नेपाली काँग्रेसका रामकुमार चौधरी र तराई मधेश लोकतान्त्रिक पार्टीका जयप्रकाश ठाकुर बीच तिब्र प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । सो क्षेत्रबाट अघिल्लो संबिधानसभाको निर्वाचनमा सद्भावना पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएका महेश यादवले १० हजार ३ सय २ मत ल्याएर बिजयी हुनुभएको थियो । 
यो क्षेत्रबाट त्यतिबेला सद्भावना पार्टीका उम्मेदवार अनिस अन्सारीले ६ हजार ९ सय २१ मत ल्याएर दोश्रो, काूग्रेसका रामकुमार चौधरीले ६ हजार ७ सय ४४ मत ल्याएर तेश्रो, एमाओवादीका उमेश यादवले ५ हजार ५ सय १३ मत ल्याएर चोथौं, फोरम नेपालका राम दुलार साह(आरडी आजाद)ले ३ हजार ५ सय २७ मत ल्याएर पाूचौं तथा एमालेकी रञ्जु ठाकुरले २ हजार २ सय ४४ मत ल्याएर छैठौं स्थान प्राप्त गरेका थिए । 
अघिल्लो निर्वाचनमा बिजयी हुन भएका यादव अहिले उक्त क्षेत्रमै तराई मधेश सद्भावना पार्टीको तर्फ उम्मेदवार बन्नुभएको छ । 
त्यस्तै सप्तरीको क्षेत्र नम्बर ४ मा सद्भावना पार्टीका जिस्मुल खाँ, फोरम लोकतान्त्रिका सत्यनारायण यादव, फोरम नेपालका नेतृ रेणु कुमारी यादव, काँग्रेसका दिनेश यादव कुमार यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका गजेन्द्र कुमार मण्डल (अनुराग) र तमलोपाकी पुष्पा ठाकुरबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
सो क्षेत्रबाट अघिल्लो संबिधानसभा निर्वाचनमा फोरम नेपालकी कोषाध्यक्ष रेणु यादवले १२ हजार ६ सय ८१ मत ल्याएर निर्वाचित हुनुभएको थियो । नेपाल सद्भावना पार्टी(आ)का जिस्मुल खाूले ७ हजार ५ सय ९० मत ल्याएर दोश्रो, काूग्रेसका दिनेश यादवले ६ हजार ७० मत ल्याएर तेश्रो, सद्भावना पार्टीका सत्यनारायण यादवले ५ हजार ३ सय ४४ मत ल्याएर चौथो, एमालेका जगदिश प्रसाद साहले ५ हजार २ सय ५४ मत ल्याएर पाूचौ तथा एमाओवादीका छेदी साफीले २ हजार ८ सय ९९ मत ल्याएर छैठौ स्थान प्राप्त गरेका थिए । यस क्षेत्रकालागि तमलोपाकी पुष्पा ठाकुर तथा रामसपाका गजेन्द्रकुमार मण्डल नयाू अनुहार हुन् ।
क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका तेजुलाल चौधरी, फोरम लोकतान्त्रिकका छेदीलाल चौधरी, सद्भावनाका दिनेश यादव, एमाओवादीका सरस्वती चौधरी, एमालेका गोबिन्द बहादुर न्यौपाने र फोरम नेपालका मो. ऐयुब बीच तिब्र प्रतिष्पर्धा हुने देखिन्छ । थारु समुदायको बहुल्यता रहेको सो क्षेत्रमा बिभिन्न दल र स्वतन्त्र गरी ३७ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।
अघिल्लो संबिधानसभा निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र हैसियतमा मो. सदरुल मियाँ हकले १० हजार ६ सय ३ मत ल्याएर बिजयी हुन भएको थियो । उहाँको गत २०७० साल जेठ ६ गते सप्तरीको कल्याणपुर–२ बिसनपुरस्थित पेट्रोल पम्पमा हत्या भएको थियो । सो क्षेत्रमा कुल ४८ हजार १६ जना फोटो सहितको मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 
यस्तै सप्तरीको क्षेत्र नम्बर ६ मा फोरम लोकतान्त्रिकका मृगेन्द्र कुमार सिंह यादव, फोरम नेपालका तर्फबाट उहाँका आफ्नै सहोदर भाई अनिरुद्ध प्रसाद सिंह यादव, दलित जनजाती पार्टीका मो. इस्लाम, नेपाली काँग्रेसका सुरेन्द्र प्रसाद यादव र एमाओवादीका छत्र नारायण यादव बीच कडा प्रतिष्पर्धा हुने सो क्षेत्रका स्थानियबासीहरुको अनुमान छ ।
अघिल्लो संबिधानसभा निर्वाचनमा सो क्षेत्रबाट त्यतिबेला फोरम नेपालबाट उम्मेदवार बन्नुभएका मृगेन्द्रकुमार सिंह यादवले सर्वाधिक १४ हजार २८ मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला राप्रपाका उम्देश्वरप्रसाद साहले ५ हजार ९१ मत ल्याएर दोश्रो, एमालेका रामेश्वर मण्डलले ४ हजार ९ सय ५० मत ल्याएर तेश्रो, काूग्रेसका विशेश्वर यादवले ३ हजार ४ सय ३४ मत ल्याएर चौथौं, एमाओवादीका सुखदेव साहले २ हजार ५ सय १० मत ल्याएर पाूचौं तथा दलित जनजाति पार्टीका रुन्दीलाल रामले २ हजार ४ सय ९ मत ल्याएर छैठौं स्थान प्राप्त गरेका थिए । फोरम नेपालका यादव, दलित जनजाति पार्टीका इस्लाम, सद्भावना पार्टीकी यादव नयाू अनुहार हुन् ।
२ लाख ९४ हजार ६ सय ४२ मतदाता रहेको सप्तरीको ६ वटा क्षेत्रमा विभिन्न पार्टी तथा स्वतन्त्र गरी २ सय ५० जना उम्मेदवार चुनावी मैदानमा छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट