News Category 2074/01/07

हतियारसहित दुई जना अपहरणकारी पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरीको गम्हरिया प्रवाहा वडा नं ६ हाल डाक्नेश्वरी नगरपालिका वडा नं ८ स्थित बस्ने २६ वर्षिय दुर्गा प्रसाद साहलाई अपहरण गर्ने दुई जना अपहरणकारीलाई हतियार सहित प्रहरीले पक्राउ गरेको छ ।  
साह आफ्नै घरमा सुतिरहेको अवस्थामा दुई चार जनाको समुहमा हतियार लिएर आएकाहरुले डर त्रास देखाएर घरबाट अपहरण गरि बेपत्ता बनाएको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले दुई जना अपहरणकारीलाई हतियार सहित पक्राउ गरेको हो ।
प्रहरीको टोलीले चारैतर्फ घेरा हाली खोजतलास गर्ने क्रममा अपहरणमा संलग्न सप्तरीको जमुनी मधेपुरा ६  हाल ईटहरी बिष्णुपुर गाउपालिका १ बस्ने २२ बर्षिय मो.जुम्राती मिया र कल्याणपुर गाबिस ३ हाल खड्क नगरपालिका ७ बस्ने २२ वर्षिय मो.मन्जुर मियाले साथमा बोकेको कटुवा पेस्तोल १ थान र सो पेस्तोलमा लाग्ने गोली राउण्ड २ थान समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
यता पक्राउ परेका दुवै जनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट