News Category 2074/01/09

अरुण नदीको असर सप्तकोशीमा समेत पर्न सक्ने भन्दै सुरक्षा प्रमुखलाई प्रजिअको निर्देशन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजबिराज, ८ बैशाख ।
लेदो वाढीले अरुण नदीको हिमताल फुटने सम्भावना भएकोले सप्तरीमा पनि असर हुने भएकोले सबै निकायलाई सर्तक रहन प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले निर्देशन दिनुभएको छ । 
संखुवासभाको हटियागाबिस हाल भोटेखोला गाउँपालिकामा बरुण नदिमा आएको लेदो बाढीले नदिको सतह बढी रहेको अवस्थामा मकालु हिमाल मुहान फुट्ने अनुमान गरिएकोले सप्तरीमा जोखिम आउन सक्ने भएकोले तिनै सुरक्षा निकायलाई सर्तक रहन प्रजिअ कटुवालले निर्देशन दिनुभएको हो । 
दैबी प्रकोप उदार समितिका संयोजक एवं सप्तरीका प्रजिअ कृष्ण बहादुर कटवालले शुक्रवार दैबि प्रकोप उदार समितिको आकस्मिक बैठक वोलाएर तिनै सुरक्षा निकायका प्रमुख तथा सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिलाई बोलाएर यस्तो निर्देशन दिएको हो । 
सप्तकोशीमा वाढी आउने सम्भावना रहेकोले नदि किनारका स्थानियहरुलाई स्थानिय सुरक्षा निकायलाई आबश्यक उदारका लागी बन्दोबस्त मिलाई तयारी अवस्थमा रहन निर्देशन दिइएको छ । सप्तकोशी नदिमा आउने वाढीले हुनमाननगर, योगिनिया, गोवरगाढा, रम्पुरामल्हनिया, तीलाठी, भारदह, पोर्ताहा, लगायत दर्जनौ गाबिस क्षतिपुग्ने जनाइएको छ । 
यस्तै बैठकले गत फाल्गुन २ गते देखी ०७४ बैशाख ८ गते सम्ममा जिल्लाको बिभिन्न क्षेत्रमा भएको आगलागी परेका ७५ जना घरपरिवारलाई जनही ५ हजारको दरले दिने निर्णय गरिएको छ । 
यसैगरी सुरुङ्गा नगरपालीका २ मा चटयाङ लागी मृत्यु भएका बेदु सदाका श्रीमति कमला सदालाई गत चैत्र ३० गते नै १ लाख रकम उपलब्ध गराई सकेको जानकारी गराइएको छ । सो अवसरमा सप्तरी प्रहरी प्रमुख अनुराग द्धिवेदी, सशस्त्रका एसपि रामाअधार यादब, श्रीकृष्ण गणका, खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्रमुख लोकेन्द्र यादब, पत्रकार चन्दनकुमार यादबलगायत अन्य सरकारी कार्यलय तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट