News Category 2074/01/11

संविधान संशोधन नभए चुनावमा सहभागी नहुने ः उपेन्द्र, महन्थ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
बिराटनगर, १० बैशाख । 
मधेसी मोर्चाका शीर्ष दुई नेताले संविधान संशोधन नभए आफूहरु चुनावमा सहभागी नहुने बताएका छन् ।
आइतबार बिराटनगरमा आयोजित विरोधसभामा राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभई चुनावमा नजाने दाबी गर्नुभएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले संविधान संशोधन नहुन्जेलसम्म मुलुकमा चुनाव हुन नसक्ने बताउँदै चुनावमा सहभागी नहुने दाबी गर्नुभयो । 
मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टीका अध्यक्ष ठाकुरले पनि संविधान संशोधन विना कुनै चुनावमा सहभागि नहुने बताउनुभयो । उहाँले आफूहरुको माग सम्बोधन नभएसम्म सरकारको सबै आदेशको अवज्ञा गर्ने चेतावनी समेत दिनुभयो ।
दुबै नेताले सरकार र मधेसी मोर्चाबीच सहमति भएको भन्दै पत्रकारले भ्रम फैलाएको आरोप लगाउनुभयो । उहाँहरुले शनिबारको वार्तामा मोर्चाले प्रधानमन्त्रीलाई संविधान संशोधन गर्न र मुद्दाहरु सम्बोधन गर्न भनेर सुझाव मात्र दिएको दाबी गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट