News Category 2074/01/11

रावि नपाका लागि एमालेबाट मेयरका तीन आकांक्षी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 
आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा एमालेबाट राजविराज नगरपालिका लागि मेयरका तीन जना आकांक्षी देखिएका छन् । 
एमाले नगर कमिटि राजविराजको सम्पन्न बैठकले मेयर पदका लागि तीनै जनाको नाम जिल्ला कमिटिमा सिफारिस गरेको छ । 
मयेर पदका लागि जिल्ला सहसचिव प्रताप नारायण चौधरी, बुद्धिजिवि संगठन सप्तरीका अध्यक्ष एवं सेवानिवृतप्रअ नथुनी दास र राजेन्द्र यादवको नाम जिल्ला कमिटिमा सिफारिस गरिएको हो । 
सिफारिस भएका तीन जना मेयरका उम्मेदबारको नाम र बाँकी पद तथा वडा समितिका उम्मेदबारहरुको समेतको नाम चाडै नै तय गर्ने जनाइएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट