News Category 2074/01/11

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० वैशाख । 
सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अर्को दुर्घटनमा एक बालिका घाइते भएका छन् । 
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको पोर्ताहा सडक खण्डमा शनिबार साँझ दुध बोक्ने ट्याङ्ककरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको भारदह–८ भलुवा हाल हनुमानगर कंकालनी नगरपालिका १ निवासी ७० वर्षिय बातर यादव रहेको प्रहरीले जनाएको छ । 
साइकलबाट घरतर्फ गईरहेको अवस्थामा बाटो काटनेक्रममा पूर्वबाट पश्चिमतर्फ गईरहेको को १ ख ३२०६ नम्बरको दुध बोकने ट्याङ्ककरले ठक्कर दिदा  उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचप्रले जनाएको छ ।  
ठक्कर दिने  ट्याङ्ककरसहित चालकलाई इलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको कंचनरुप नगरपालिका ११ मा ट्रकको ठक्करबाट मोटरसाईकलमा पछाडी सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका २ बस्ने अन्दाजी २५ बर्षिया अनिता चौधरी रहेकी छन् । 
पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको ना ५ ख ८५५९ नम्बरको ट्रकको ठक्करबाट सोही दिसातर्फ जाँदै गरेको मे ७ प ४३७ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो । ठक्करबाट घाईते चौधरीको उपचारको क्रममा सगरमाथा अंचल अस्पताल राजबिराजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । ट्रक, चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ । 
त्यस्तै रुपनी गाउँपालिका १ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको मारुती भ्यानको ठक्करबाट एक बालिका घाईते भएकी छन् । 
घाईते हुनेमा सोहि ठाउँ बस्ने अकबर मियाको ५ बर्षिया छोरी कलिम मिया रहेकी छन् । बालिकालाई बाटो पार गर्ने क्रममा स १ च ८६५ नम्बरको भ्यानले ठक्कर दिएको थियो । ठक्करवाट घाईते बालिकालाई उपचारकालागी सगरमाथा अंचल अस्पताल राजविराज पठाईएकोमा थप उपचारकालागी धरान घोपा पठाईएको छ । भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट