News Category 2074/01/11

करेन्ट लागेर बालिकाको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १० वैशाख । 
सप्तरीको शम्भुनाथ नगरपलिका ८ मा आइतबार करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा स्थानीय सुनिलकुमार दासको नौ वर्षीया छोरी विभाहकुमारी दास रहेको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ । नुहाउने क्रममा पानी तान्ने मोटरमा नाङ्गो तारमा अचानक छुँदा विभाहलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट