News Category 2074/01/12

राष्ट्रिय सहकारी बैंकको समन्वय समिति चयन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
राष्ट्रिय सहकारी बैंक केन्द्रिय कार्यालयको निर्णय बमोजिम राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय राजविराजको ७ सदस्यीय समन्वय समिति सोमबार चयन गरिएको छ । 
जनज्योती कृषि सहकारी संस्था मलेठका अध्यक्ष विश्वनाथ मण्डललाई समितिको संयोजकमा चयन गरिएको छ । 
यस्तै सदस्यहरुमा त्रियुगा सहकारी संस्था फत्तेपुरका अध्यक्ष शम्भु बहादुर खडका, आइडियल सहकारी संस्था राजविराजका अध्यक्ष गणेश कुमार आस, नेपाल सहकारी संस्था राजविराजका अध्यक्ष शत्रुधन प्रसाद गुप्ता, लक्ष्मि महिला सहकारी संस्था अर्नाहाका व्यवस्थापक असिया चौधरी, सप्तरी वचत तथा ऋण सहकारी संघका सचिव तोयानाथ पोखरेल र सप्तरी कृषि सहकारी संघका डिक बहादुर विश्वकर्मा रहेका छन् । 
नवनियुक्त समन्वय समितिका सवै सदस्यहरुलाई समितिका संयोजक विश्वनाथ मण्डलले बधाई एवम स्वागत गर्दै सप्तरीका सहकारी संस्थाहरुको प्रवद्र्धध र विकाश हुनुपर्नेमा जोड दिनु भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट