News Category 2074/01/13

मलेठ घटनामा मारिएका परिवारजनलाई आर्थिक सहयोग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख । 
सप्तरीको मलेठ घटनामा ज्यान गुमाएका परिवारजनलाई अमेरिकामा रहेका नेपालीहरुको तर्फबाट सहयोग उपलब्ध गराईएको छ ।
अमेरिकामा रहेका नेपालीहरुले राष्ट्रिय जनता पार्टीका केन्द्रीय नेता प्रा. अमरकान्त झा मार्फत पठाईएको उक्त कुल रकम ३६ हजार ६९ रुपैयाँबाट जनही सात हजार रुपैयाँका दरले तथा बाँकी रहेको रकमको फलफूल वितरण गरिएको हो । 
मलेठ घटनामा प्रहरीको गोली लागि मृत्यु भएका मलेठ २ का २५ वर्षिय सञ्जन मेहता, मलेठ ४ का ५० वर्षिय पीताम्बर मण्डल र प्रसवनी ४ टेङ्गरी घर भएका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साह र मलेठ–४ का विरेन्द्र महतोका परिवारजनलाई सहयोग रकम उपलब्ध गराएका छन् ।
सो अवसरमा केन्द्रीय युवा नेता एवम् राजनीतिक विष्लेशक डा. सुरेन्द्र कुमार झा, पूर्व सांसद हरि प्रसाद राय, केन्द्रीय नेता दिपेन्द्र प्रसाद चौधरी, रामप्रित यादव, जिल्ला नेताहरु वीरेन्द्र साह, रञ्जित झा समेतको टोलीले उक्त सहयोग प्रदान गर्नुभयो ।
यसैगरी जमुनी मधेपुराका शहिद ईनर यादवको परिवारजनलाई मङ्गलवार विहान घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरिएको छ । उक्त रकम अमेरिकामा रहेका आयुष श्रेष्ठ, अञ्जय श्रेष्ठ, सङ्गीता झा श्रेष्ठ, रतन कुमार झा, निलु झा खतिवडा, अभिशेक झा, अमित रञ्जन र सुमिरा थापाले मलेठ घटनामा सहादत प्राप्त गरेका परिवारजनको सहयोगार्थ पठाएका थिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट