News Category 2074/01/13

महाभुकम्प गएको दुई वर्ष पुरा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख । 
२०७२ साल बैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भुकम्प गएको २ वर्ष पुरा भएको छ ।
जसकारण नेपालमा ठूलो धनजनको क्षति भएको थियो । तर, दुई वर्ष पुरा हुँदा समेत बैशाख १२ गते सम्पूर्ण नेपालीको मनमस्तिकमा यसको झझल्को आइनै रहेको हुन्छ । 
गोरखा बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भुकम्पमा परि ८ हजार ६ सय १८ जनाले ज्यान गुमाएका थिए भने १६ हजार ८ सय ८ जना घाइते भएका थिए । भूकम्पले २८ लाख घरवार विहिन भएका छन् । 
सरकारले १४ जिल्लालाई प्रभावित जिल्ला घोषणा गरेको थियो । सवैभन्दा बढी सिन्धुपाल्चोकमा ३५ सय ७० जनाले ज्यान गुमाए भने ९० प्रतिशत वढी संरचना ध्वस्त भएका थिए । दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ ।
२०४५ सालपछिको यो सबैभन्दा ठूलो भुकम्प थियो । सो भूकम्प गएको ५ मिनेटपछि फेरी अर्को भूकम्पको धक्का महशुस गरिएको थियो भने त्यसको आधा घण्टापछि पुनः भुकम्पको धक्का महसुस गरियो । भुकम्पको झट्का लगातार तीन घण्टासम्म चलिरहेको थियो । 
यस्तै काठमाडौंको मुटुमा रहेको ऐतिहासिक धरहरा (भीमसेनस्तम्भ) ध्वस्त भएको थियो भने त्यहाँबाट राजधानी उपत्यकाको दृश्यावलोकन गर्न गएका तथा आसपासका क्षेत्रमा बसेका ७० जनाको मृत्यु भएको समेत भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट