News Category 2070/07/28

सप्तरी क्षेत्र नं. ६ मा पूर्व मन्त्रीलाई भाईको टक्कर

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ कात्तिक । 
मंसिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नं. ६ मा दुई सहोदर भाईबीच यसपटक तिब्र प्रतिस्पर्धा हुनेभएको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता तथा सप्तरी क्षेत्र नं ६ का उम्मेदबार मृगेन्द्र कुमार सिंह यादवलाई उहाँको आफ्नै सहोदर भाई मधेशी जनअधिकार फोरम नेपालका उम्मेदबार अनिरुद्ध प्रसाद सिंह यादवले कडा टक्कर दिने भएका छन् । 
शाहिकालमा पश्चिमाञ्चलको क्षेत्रिय प्रशासक तथा विगतमा विभिन्न सरकारमा दुई पटकसम्म मन्त्री भइसक्नु भएका मृगेन्द्र तथा विगतमा गाविस अध्यक्ष समेत हुनुभएका अनिरुद्धबीच कडा प्रतिस्पर्धा हुने स्थानीय मतदाताहरुको भनाई छ । 
मधेश आन्दोलन पश्चात् मृगेन्द्र सिंह मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेपछि यही क्षेत्रबाट बिजयी भएका थिए । पछि उहाँ फोरम लोकतान्त्रिकमा प्रवेश गरेपछि यस पटक ६ नं. क्षेत्रबाट उम्मेदबार बन्नु भएको छ । त्यसैगरि अनिरुद्ध सिंह तीन वर्ष अघि मात्र नेकपा एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गर्नुभएको हो । 
भौगोलिक विकठता त्यसमा पनि विकासका पूर्वाधारले पछाडी पारिएको सप्तरी क्षेत्र नं. ६ मा यस पटक हुन गईरहेको चुनावले व्यापक चर्चा पाएको छ । सदरमुकामदेखि करिब ३० किलो मिटर टाढा र विकट क्षेत्रका रुपमा चिनिने यस क्षेत्रको भौतिक पूर्वाधार अबल रहेको छ । 
मतदाताहरु यस पटक कुन उम्मेदवारलाई जिताउने र क्षेत्रको विकासमा समुन्नत विकास गर्ने त्यता तर्फ मानसिकता बनाएका छन् । जमिनदारको हातमा शासन सात्ता जनताले दिएकाले उक्त क्षेत्रको प्रभावकारी विकास हुन सकेको मतदाताको भनाई छ । यद्यपी यस पटकको चुनावमा विकट गाविसकै उम्मेदवारलाई विजयी बनाउने मतदाताको भनाई छ । प्रजातन्त्र, राजतन्त्र र गणतन्त्र आएपनि यहाँका मतदातामा परिवर्तनका लहर फेरिन सकेन । उनीहरु पार्टीलाई भोट दिएपनि पुरानै व्यक्ति र पुरानै अनुहार आजसम्म हालीमुहाली गर्न सफल भए । 
कुल ४७ हजार ८ सय ४३ मतदाता रहेको सप्तरी क्षेत्र नं. ६ मा यस पटक उक्त क्षेत्रबाट ३३ जनाले उम्मेदवारी दिएका छन् । मधेश आन्दोलन दोश्रो जनआन्दोलन र प्रजातन्त्रको समयमा परिवर्तनका पक्षधरहरु धेरै भएपनि भौतिक पूर्वाधारले उनीहरु सम्पन्नता हुन नसकेको हो । 
कुनै समय सप्तरीको खड्गपुरले उक्त क्षेत्रमा शासन जमाएपनि विकास हुन सकेन । तत्कालिन समाज सेवी विन्देश्वर सिंह यादवले उक्त क्षेत्रको नेताका रुपमा चिनिने गरेको छ । तर पछिल्लो दुई दशक देखि बोदे बर्साइनले शासन जमाउँदै आएका छन् । मधेश आन्दोलन पछि केही परिवर्तन होला भनेर मतदातामा उत्साह भएपनि त्यो पुरा हुन नसक्दै पुरानै जमिनदारलाई मत दिएर विजय बनाएपछि परिवर्तन त के विनास भोग्नु प¥यो । स्थानीय मतदाताको प्रश्न अचेल उम्मेदवार समक्ष ते¥स्याउने गरेका छन् । 
उक्त क्षेत्रमा ३३ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहे पनि दुई दाजुभाई बाहेक पाँच उम्मेदवार बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । मधेश आन्दोलनको अगुवा तराई मधेश लोकतान्त्रिका उम्मेदवार विरेन्द्र कुमार साह पनि चर्चामा परेका छन् । 
कृषि सडक, शैक्षिक, संचार, सिचाईको अभाव झेल्दै आएका उक्त क्षेत्रका बासीहरु प्रायः वैदेशिक रोजगारीको सहारामा बाँच्न विवस छन् । चारैतिर नदी नाला भए पनि विगत तीन चार वर्ष देखि खडेरीको सामना भोग्दै आएकाले उनीहरु तीन महिना समेत राम्ररी खान नसकेको र विकासको पूर्वाधार पछाडी रहेकाले यस क्षेत्रलाई परिवर्तनका लागि जनताले यस पटक सुझबुझका साथ मतदान गर्ने जनाएका छन् । 
त्यसैगरी निर्णायक मत परिणाम मानिएको दलित मत बटुल्न, दलित जनजाति पार्टीबाट उम्मेदवारी दिएका मो. इस्लाम यस पटक चुनावी दौडमा दलितको मत माग्न व्यस्त देखिन्छन् भने सोही क्षेत्रमा अर्की महिला उम्मेदबार ललितादेवी लता पनि पहिलो पटक चुनावी महौलमा होमिएकी छिन् । उनी सद्भावना पार्टीबाट उम्मेदबार बनेकी हुन् । 
२२ गाविसलाई २०६४ सालमा निर्वाचन क्षेत्र निर्धारण गर्दा उक्त क्षेत्र परेको थियो । सबभन्दा बढी मल्हनियाँ ३ हजार ६ सय ४५ र सबभन्दा कम रामनगर कोदरकट्टी १ हजार ४७ मतदाता रहेको छ । 
सप्तरी क्षेत्र नंं ६ तत्कालिन समयमा, क्षेत्र नं. ५ अन्तर्गत परेको थियो । २०४८ तिर निर्वाचन क्षेत्र निर्धारण गर्दा उक्त क्षेत्रका २५ गाविस मिलाएर एउटा क्षेत्र बनेको थियो । सबभन्दा पहिले नेपाली काँग्रेसबाट दुर्गानन्द सिंह थारुले २०४८ सालमा काँग्रेसबाट विजय हासिल गर्नुभएको थियो । त्यसैगरी २०५१ सालमा संसदीय चुनावमा गंगा चौधरीले एमालेबाट विजय प्राप्त भएको थियो । यसै गरी २०५६ सालमा सदभावनाबाट मृगेन्द्र कुमार सिंह यादवले जितेका थिए । त्यसपछि उक्त क्षेत्रमा नौ गाविस २०६४ सालमा निर्वाचन क्षेत्र पुनः निर्धारण हुँदा कटेका थिए र क्षेत्र नं. ४ का ६ गाविस मैनासह्रवाहु, इनर्वा फुलबडिया, बनौली, बनौला, तरही र खड्गपुर, क्षेत्र नं. ६ मा गाभिएको थियो । तत्कालिन क्षेत्र नं. ४ मा २०४८ मा नेपाली काँग्रेसबाट कुबेर शर्मा २०५१ सालमा दानालाल चौधरी नेकपा एमाले २०५६ मा जगदीश साह, नेपाल एमाले र २०६४ सालमा फोरम नेपालबाट रेणु कुमारी यादव जितेकी थिइन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट