News Category 2074/01/16

बाहुवली २ चल्दै गर्दा हँलको कुर्सी तोडफोड

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
राजविराजस्थित शिव शंकर सिनेमा हँलमा शुक्रबार हिन्दी फिल्म बाहुबली २ चल्दै गरेको अवस्थामा दर्शकहरुले कुर्सी तोडफोड गरेका छन ।
बाहुबली २ फिल्म चलिरहेको अवस्थामा प्राविधिक कारणवस अचानक फिल्म बन्द भएपछि दर्शकहरुले सिनेमा हँलमा बस्ने कुर्सी तोडफोड गरेका हुन् । तोडफोडबाट सिनेमा हँलका दर्जनौ कुर्सीमा क्षति भएको छ ।
फिल्म संचालनमा रहेको बेला दर्शकहरुले गरेको तोडफोडपछि अवस्था केही समय तनावग्रस्त भएपछि सिनेमा हँलमा प्रहरी परिचालन गरेपछि फिल्म पुनः संचालन भएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट