News Category 2074/01/16

सहकारी संघ सप्तरीको आठौं साधारण सभा सम्पन्न

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
जिल्ला सहकारी संघ सप्तरीको शुक्रबार आठौं साधारण सभा सम्पन्न भएको छ । 
सहकारी क्षेत्रमा उत्कृष्ट काम गरेका जिल्लाका १३ सहकारी संस्थाहरुलाई सभामा सम्मानित गरिएको छ । 
सहकारी संघका जिल्ला अध्यक्ष बिनोद कुमार दत्त र डिभिजन सहकारी कार्यालय लहानका प्रमुख रामप्रसाद घिमिरेले १३ वटै सहकारीलाई सम्मानपत्र दिँदै पुरस्कृत गरिएको छ । 
यसरी सम्मानित हुनेमा नेपाल सहकारी संस्था, आइडियल सहकारी संस्था, त्रियुगा सहकारी फत्तेपुर, सृजनात्मक महिला सहकारी, कंकालिनी, जनमूखी स्वास्थ्य लगायत रहेका छन् । 
सहकारी संघका जिल्ला अध्यक्षता बिनोद दत्ताको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष विश्वनाथ न्यौपाने, जिल्ला सहकारी संघका उपाध्यक्ष भुवन आचार्य, संघका जेष्ठ सदस्य रामकृष्ण यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 
सो सभामा अध्यक्षयीय तथा लेखाप्रतिवेदन प्रस्तुत गरिएको थियो भने कार्यक्रम संघका सदस्य सनत मण्डलले संचालन गर्नुभएको थियो ।    

प्रतिकृया दिनुहोस

ताजा अपडेट