News Category 2074/01/16

जिल्ला आयूर्वेदिक स्वास्थ्य केन्द्रबाट बजार अनुगमन

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
जिल्ला आयूर्वेदिक स्वास्थ्य केन्द्र राजविराजले शुक्रबार विभिन्न आयूर्वेद पसलहरुमा अनुगमन गरेको छ । 
अनुगमनका क्रममा आयूर्वेद पसलहरुमा संचालकहरुले आयूर्वेद उत्पादनसँग सगै अन्य सामाग्रिहरु सहित सरसफाई समेत कमि देखिएको पाइएको छ । 
राजविराजस्थित एक दर्जन आयूर्वेद पसलहरुमा अनुगमन गर्दै पसल संचालकहरुलाई एक हप्ता भित्र आ–आफ्नो पसल संचालन गरेको आवश्यक कागजातसँगै संचालक आफ्ै जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रमा उपस्थित हुन पत्र काटिएको छ । 
सो अनुगमनमा जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डा. शिवशंकर यादव, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत प्रेम कुमार उपाध्याय, कबिराज प्रमोद पाल, वैद्य कृष्ण कुमार यादव, अमोद कुमार ठाकुर, प्रहरी, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट