News Category 2074/01/17

राजविराजलाई उपमहानगरपालिका बनाउनु पर्नेमा पूर्व मन्त्री यादवको जोड

दैनिक समाचारदाता

राजविराज÷नेकपा माओवादी केन्द्रका नेता एवं सांसद उमेश कुमार यादवले राजविराज नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपालले शनिबार बिहान नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । 
उहाँले जनसंख्याको आधारमा सिमांकन हेरफेर गर्दा सप्तरीमा एक उपमहानगरपालिकासहित २५ वटा नगरपालिका र गाउँपालिका हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राजविराज नगरपालिकालाई दुई नगरपालिकामा विभाजन गर्ने षडयन्त्र भईरहेकोप्रति नगरवासी सचेत हुनुपर्ने बताउनुभयो । 
सांसद समेत रहेको यादवले आन्दोलनरत मधेशवादी दलका नेताहरु समेत सप्तरीमा थप ८ वटा नगरपालिका र गाउँपालिका गरी २५ वटा हुनुपर्नेमा उल्लेख गर्नुभयो ।
संचारकर्मीहरुको जिज्ञासामा यादवले सिमांकन हेरफेरको विषयमा राजनीतिक हाबी भएको बताउनुहुँदै संविधान कार्यान्वयनको सम्बन्धमा काग्रेस, एमाले एउटै रहेपनि माओवादीको फरक धारणा रहेको स्पष्ट पार्नुभयो । 
उहाँले माओवादीलाई घेराबन्दी गरी माओवादी विरुद्ध ठुलो षडयन्त्र भईरहेको आरोप समेत लगाउनुभयो । त्यस्तै उहाँले आत्मनिर्णयको अधिकार सहित पुर्ण समानुपातिक प्रतिनिधित्वका लागि माओवादीले सडकदेखि संसद सम्मको आन्दोलनमा जाने बताउनुभयो । प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा दर्जनौ संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट