News Category 2070/03/01

अंशको माग गर्दै प्रेस स्वतन्त्रता सेनानी भोक हड्तालमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ३१ जेठ ।
पैतृक सम्पत्तिमा अंशको माग गर्दै प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा भोक हड्तालमा बस्नुभएको छ ।
दाजु कृष्णकान्त झाले पैतृक सम्पत्तिबाट अंश दिन नचाहेको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष समेत रहनुभएका झाले शुक्रबारदेखि भोक हड्तालमा बस्नुभएको हो । झा राजविराज–६ स्थित दाजु कृष्णकान्तको घरमा भोक हड्ताल शुरु गर्नुभएको छ ।
झा परिवारबीच पैतृक सम्पत्ति अंशबन्डासम्बन्धी सप्तरी जिल्ला अदालतमा २०६७ सालदेखि मुद्दा चल्दै आएको छ । अदालतले २०६७ सालअघि परिवारका सदस्यको नाममा रहेको जग्गा जमिनको कागजात पेस गर्न भनेको छ ।
ठूलो बुवा विद्यानन्द झा र बुवा नित्यानन्द झाले विसं २०३४ मा आपसमा जग्गा जमिन छुट्याए अनुसार अंशबन्डा हुनुपर्ने झाको माग छ । विद्यानन्द झाका छोराहरु कृष्णकान्त, कमलाकान्त र राधाकान्त गरी तीन छोरा रहेका छन् भने पत्रकार वैद्यनाथ नित्यानन्द झाका एक्ला छोरा हुन् ।
पुख्र्यौली सम्पत्तिमा दाजुभाइको बराबरी हक हुनुपर्ने र आ–आफूले कमाएको सम्पत्तिमा कमाएकै व्यक्तिको हक हुनुपर्ने मागसहित आफू भोक हड्तालमा बसेको झाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट