News Category 2070/07/29

आयो नुनको कृतिम अभाव सृजना रु. ३० देखी ५० सम्ममा बिक्रि

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २८ कात्तिक । 
राजविराजमा एक्कसाी आयो नुनको मूल्यमा बृद्धि भएको छ । बिहीबार साँझ एक्कासी नुनको हाहाकार भएको भन्दै व्यापारीहरुले आयो नुनको मूल्य बृद्धि भएको भन्दै प्रति किलो रु. ३० देखी ५० सम्म बिक्रि गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । 
यता निर्वाचनलाई मध्य नजर राखि साल्ट ट्रेडिङ कर्पोरेशनले प्रति किलो रु. १३ रुपैयाँको दरले प्रति व्यक्ति ३ किलोसम्म नुन बिक्रि गरिएको छ । त्यस्तै साल्ट टे«डिङले चिनि प्रति किलो रु. ६६ रुपैयाँको दरले प्रति व्यक्ति ६ किलोसम्म बिक्रि गरिएको जनाएको छ । 
राजविराजमा व्यापारीहरुले कृतिम अभाव सृजना गरि नुनको मूल्य रु. १०० सम्म पुग्ने अनुमान समेत गरेको हुँदा सो अभाव सृजना गरेको श्रोतको दाबी रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट