News Category 2074/01/19

युनियनको दुई छुट्टाछुट्टै कार्यदल गठन, चौतारीको पनि कार्यदल सार्वजनिक

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
यही बैशाख २० गते नेपाल पत्रकार महासंघको सप्तरी शाखाको अधिवेशनका लागि प्रेस युनियन सप्तरीले कार्यदल गठन गरेको छ ।
प्रेस युनियनका काबा अध्यक्ष राम नारायण विश्वास र सचिव सुधा देवद्वारा जारी विज्ञप्तीमा कार्यदल गठन गरीएको जनाईएको छ ।
गठित कार्यदलको संयोजकमा मुरलीप्रसाद यादव र सदस्यहरुमा क्रमश गणेशलाल देव, सुमनकुमार मिश्र र रामनारायण विश्वास रहेका छन । 
यस्तै नेपाल प्रेस यूनियन सप्तरी शाखाका अध्यक्ष ओमप्रकाश साह र सहसचिव गंगाप्रसाद साहद्वारा सोमबार जारि छुट्टै विज्ञप्तिमा अधिवेशनका लागि अर्जुन प्रसाद साहको संयोजनमा नरेश चौधरी र विनयलाल कर्ण रहने गरि अर्को कार्यदल गठन गरेको जनाइएको छ । 
त्यसैगरि प्रेस चौतारी नेपालले  पनि विज्ञप्ति जारि गर्दै मनोहरकुमार पोखरेलको संयोजकत्वमा नर्मदेव यादव र सतिशकुमार दत्त रहेको निर्वाचन परिचालन संयन्त्र समेत गठन गरेको छ । 
चौतारीका अध्यक्ष खगेन्द्र कार्कीद्वारा जारि विज्ञप्तिमा महासंघको आगामी नेतृत्वका लागि मनोहर कुमार पोखरेल वा सतीशकुमार दत्तलाई अघि सार्ने निर्णय गरेको समेत जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट