News Category 2074/01/19

कंचनरुप खुल्ला दिसा मुक्त नगरपालिका घोषणा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
सप्तरीको कंचनरुप नगरपालिका सोमबार एक समारोहबिच खुल्ला दिसा मुक्त नगरपालिका घोषणा भएको छ ।
कंचनरुप नगरपालिकाका कार्यकारी अधिकृत धिरेन्द्र प्रसाद यादवको अध्यक्षता तथा स्थानीय विकास अधिकारी सुदेव पोखरेलको प्रमुख आतिथ्य एवं जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कार्यालय प्रमुख एवं जिल्लास्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव ई.लोकेन्द्र प्रसाद यादवको बिशिष्ट आतिथ्यमा कंचनरुप नगरपालिकालाई खुल्ला दिसा मुक्त नगरपालिका घोषणा गरिएको हो ।
सो समारोहमा गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, युनिसेफका अशोक झा, डिवासिसीका सचिवालय संयोजक मिथिलेश कुमार यादव, विभिन्न राजनैतिक दलका प्रतिनिधि, महिला स्वयसेविका सहितकाहरुले आ–आफनो धारणा राख्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट