News Category 2074/01/19

आगलागीमा एक गम्भिर घाइते चार लाखको क्षति

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ बैशाख ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ मा आईतवार साँझ भएको आगलागी हुँदा करिब ४ लाख मुल्य बराबरको क्षति भएको छ ।  
स्थानीय मोहम्मद अलाउदिन मियाँको घरमा अचानक आगलागी हुँदा मियाको फुसको छानो भएको गाईगोठ र गोठमा भएको २ वटा चौपाया गोरु जलेर करिब ५० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 
यता आगो निभाउने क्रममा निज मियाको शरिरको बिभिन्न भागमा आगोले पोलेर घाईते भएका छन् । उनको राउ स्मारक अस्पताल लाहानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
आगलागीबाट छिमेकी भीम नारायण साहको भुईतले फुसको छानो भएको कच्ची घर, टायर गाढा, घर भित्र रहेको सम्पुर्ण सरसामान जलेर नष्ट हुँदा करिब ३ लाख मुल्य बराबरको क्षति भएको छ । 
त्यस्तै सोही ठाउँका हरि नारायण साहको फुसको छानो भएको एक तले घरम, समेत आगलागी हुँदा करिब ५० हजार मुल्य बराबरको क्षति भएको छ । यता आगलागी नेपाल प्रहरी, शसस्त्र प्रहरी, दमकल र स्थानीय मानिसहरुको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट