News Category 2074/01/26

राजपा नेपालद्वारा जिल्लामा बैशाख २७ गते भित्र एकिकरण गर्ने निर्णय

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ बैशाख ।
एकिकरण पश्चात् ६ वटा दल मिलेर गठित राष्ट्रिय जनता पार्टी नेपालले जिल्लाहरुमा समेत एकिकरण कार्यक्रम गर्ने भएको छ ।
राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।
सम्पन्न बैठकले बैशाख २७ गतेभित्र जिल्ला अध्यक्षहरुको बैठक बसी आपसी सहमतिमा जिल्लास्तरीय अध्यक्ष मण्डलको एक जना संयोजक चयन गर्ने र सोको केन्द्रिय कार्यालयलाई जानकारी दिने तथा सदभावपुर्ण वातावरणमा सहमतिबाट सामुहिक आधारमा भएको सफल चयनलाई एकिकरणको कार्यान्वयनमा महत्वपुर्ण योगदान मानिने निर्णय भएको जनाईएको छ ।
त्यस्तै बैशाख २९ गते जिल्लाबाट पार्टीमा रहेका सबै केन्द्रिय पदाधिकारीहरु केन्द्रिय सदस्यहरु, जिल्लाका सबै पदाधिकारीहरु, जिल्ला कार्य समितिका सदस्यहरु, जिल्लाबाट केन्द्र एवं जिल्लामा कार्यरत सबै भातृसंस्था र शुभेच्छुक जस्तै कर्मचारी, प्राध्यापक, बृद्धिजिवी संगठनका साथीहरु सहितको एकता बैठक जिल्लाका सदरमुकाममा आयोजना गर्ने जनाईएको छ । 
यसैगरी जेष्ठ १ गते जिल्लाका अधिकांश क्षेत्रमा पुग्ने गरी रुट बनाई एकता मोटरसाईकल याली निकालिने र पर्चा समेत वितरण गर्ने, बैठकबाट राष्ट्रिय र स्थानीय मुद्धाहरुबारे धारणा सम्प्रेशित गर्न प्रस्तावहरु समेत पारित गर्ने लगायतका निर्णयहरु गरीएको जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।
सो बैठकमा पार्टीका अध्यक्ष मण्डलका अध्यक्षहरु राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिल कुमार झा र राजकिशोर यादव सहितको उपस्थितिमा  निर्णय गरीएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट