News Category 2074/01/29

ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, मोटरसाइकल अनियन्त्रित हुँदा तीन घाइते

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 
सप्तरीको खड्क नगरपालिका ७ स्थित राजमार्गमा बुधबार राती ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । यस्तै एक अर्को दुर्घटनामा मोटरसाइकल अनियन्त्रित हुदा तीन जना घाइते भएका छन् ।  
दुर्घटनामा परी मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका १० बस्ने २४ बर्षिय जगनाथ चौधरी रहेका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स १ त २०८४ नम्बरको ट्याक्टरले बिपरित दिसाबाट आउँदै गरेको स ७ प ७९०० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । 
ठक्करबाट गम्भिर घाईते चौधरीलाई उपचारकालागी लहानतर्फ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । 
यता सप्तरीकै सुरुङगा नगरपालिका १ मा बुधवार साँझ मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । गाईघाट कदमाहा सडक खण्डमा गाईघाटबाट कदमाहातर्फ आउँदै गरेको अन टेष्ट मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । 
दुर्घटनामा परी मोटरसाईकल चालक सुरुङगा नगरपालिका १ बस्ने सुलेन्द्र राम मोटरसाईकलको पछाडी सवार सुरेन्द्र राम र चन्द्रजित राम रहेका छन् । उनीहरुलाई उपचारकालागी सप्तऋषी अस्पताल लहान पठाइएको इलाका प्रहरी कार्यालय भेडीयाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट