News Category 2074/01/30

नापी कार्यालयमा बम विस्फोट

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ बैशाख । 
सप्तरी सदरमुकाम राजविराज ५ स्थित नापी शाखा कार्यालयमा शुक्रबार दिउँसो कुकर बम विस्फोट भएको छ । 
सो बम विस्फोट हुँदा कुनै मानविय क्षति नभएको तर कार्यालयको ग्यारेजमा रहेको एउटा साइकल र ग्यारेजको पर्खालमा चिरा लागेको छ । 
दिउँसो करिब ४ बजेको आसपासमा उक्त बम विस्फोट भएको प्रहरीले जनाएको छ । बम विस्फोट भएपछि प्रेसर कुकरका टुक्राहरु छरिएको थियो । 
शुक्रबार भएकोले कार्यालय ३ बजे नै बन्द हुँदा कुनै ठूलो दुर्घटना नभएको प्रहरीले जनाएको छ । बम विस्फोटका कारण सो क्षेत्रका स्थानियहरु त्रसित बनेका छन् ।
यसैबिच सो बम विस्फोटको तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका केन्द्रिय संयोजक जयकृष्ण गोईतले जिम्मेवारी लिएका छन । नेपाल सरकारको उक्त कार्यालयमा ब्यापम मात्रामा भ्रष्टाचार बढेको भन्दै प्रतिकार स्वरुप सो बम विष्फोट गराएको गोईतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यसअघि पनि गोइत समूहले पटक पटक राजविराजस्थित निजी विद्यालय तथा सरकारी कार्यालयहरुमा बम राख्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट