News Category 2074/02/02

माग सम्वोधन नभए दोस्रो चरणको निर्वाचन हुन नदिने राजपाको चेतावनी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ जेठ । 
संविधान संशोधनका लागि दवाव दिने उद्देश्यले राष्ट्रिय जनता पार्टी नेपालले सोमवार सप्तरीका प्रमुख वजार लगायत मधेशका अन्य जिल्लाहरुमा मोटरसाईकल ¥याली र विरोध सभा गरेको छ ।
दोस्रो चरणको स्थानीय तह भन्दा अघि नै संविधान संशोधन गर्नुपर्ने माग गर्दै पूर्व घोषित केन्द्रिय कार्यक्रम अनुसार मधेशभर ¥याली र विरोध सभाको आयोजना गरेको हो ।
स्थानीय शिवमन्दिर प्रांगणवाट पाँच सय भन्दा बढीको सहभागितामा निस्केको मोटरसाईकल ¥याली नगरपारिक्रमा गर्दै हनुमाननगर भारदह, वरमझिया, कंचनरुप, महुली, रुपनी कल्याणपुर, कुशहा र कदमाहासम्म पुगी ठाउँ ठाउँमा विरोध सभाको आयोजना गरिएको थियो ।
यता सरकारले विगतमा गरेको सहमति सम्झौता कार्यान्वयनमा ढिलाई गरेको भन्दै थप दवाव दिने उद्देश्यले बिरोध सभा गरिएको राजपाका नेता मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिनुभयो । 
यस्तै राष्ट्रिय जनता पार्टी सप्तरीका संयोजक सुनिलकुमार झाले संविधान संशोधन गराउन सांकेतिक रुपमा विरोध कार्यक्रम गरिएको जनाउँदै एक साताभित्र माग सम्वोधन नभए आन्दोलनका थप सशक्त कार्यक्रमहरु सार्वजनिक हुने जानकारी दिनुभयो ।
संविधान संशोधनका लागि दवाव तथा एकताको सन्देश दिन आयोजित ¥याली र सभाका सहभागिहरुले संविधान संशोधन विना दोस्रो चरणका लागि तय भएको जेष्ठ ३१ को स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुन नदिने चेतावनी दिएका छन् ।
यसअघि सरकारले आन्दोलनरत मधेशवादी दललाई पनि चुनावमा सहभागि गराउने उद्देश्यले स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने निर्णय गरेको थियो । तर, हालसम्म भएका सहमति सम्झौता कार्यान्वयन हुन नसक्दा मधेशमा चुनावी माहौल अझै वन्न सकेको छैन । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट