News Category 2070/08/01

फोरम अध्यक्ष यादवले एकै दिन ९ स्थानमा चुनावी सभालाई सम्बोधन

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २९ कात्तिक । 
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रवार मात्र सप्तरीको बिभिन्न ९ स्थानमा आयोजित चुनावी सभाहरुलाई सम्बोधन गर्नुभएको छ ।
सप्तरीको क्षेत्र नम्बर १ मा पर्ने कमलपुर, बिरेन्द्र बजार र लोहजार गाविसमा आयोजित चुनावी सभालाई अध्यक्ष यादवले सम्बोधन गर्नुभयो ।
यस्तै शुक्रवारै क्षेत्र नम्बर २ मा पर्ने डाढा, भारदह, तोपा गाविसमा आयोजित चुनावस सभालाई सम्बोधन गर्नुभएको फोरम अध्यक्ष यादवले क्षेत्र नम्बर ३ मा पर्ने रम्पुरा मल्हनियाँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो । 
यस्तै क्षेत्र नम्बर ४ को झहुरा चौक र पातो गाविसमा चुनावी सभालाई अध्यक्ष यादवले सम्बोधन गर्नुभयो ।
एकै दिन थुप्रै स्थानमा चुनावी सभा राखिएकाले दश देखि १५ मिनेट सम्म आफ्नो मनत्व सकाएर अध्यक्ष यादवले भ्याउनु भएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट