News Category 2074/02/03

पोखरीमा डुबेर बालिकाको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ जेठ ।
राजबिराज नगरपालिका १० स्थित हरिहरपुरमा मंगलबार पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा सोही स्थान बस्ने राम आशिष यादवको ४ बर्षिया छोरी दैया कुमारी यादव रहेकी छन् । 
उनी घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा अचानक डुबेकी थिईन । उनको उपचारको क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजबिराजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट