News Category 2070/08/01

आफ्नो पार्टी बिजयी भएमात्र उत्पीडित समुदायको अधिकार सुरक्षित हुन्छ ः अध्यक्ष पासवान

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २९ कात्तिक । 
दलित जनजाती पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवानले संबिधानसभामा आफ्नो पार्टी बिजयी भएमात्र दलित, आदीवासी जनाजाती लगायतका उत्पीडित समुदाय अधिकार सुरक्षित हुने बताउनुभएको छ ।
सप्तरीको कञ्चनपुर गाविसमा शुक्रवार आयोजित  चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष पासवानले उत्पीडित समुदायको उत्थान गर्ने एक मात्र आफ्नो पार्टी रहेको दाबी समेत गर्नुभयो । 
उत्पीडित समुदायको अधिकार संबिधानमा संरक्षित गर्न आफ्नो दल बिजयी आवश्यक रहेकोे जिकिस गर्नहुँदै अध्यक्ष पासवानले उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि आफ्नो दलको संबिधानमा बलियो उपस्थिति जरुरी रहेको बताउनुभयो ।
दलित जनजाती पार्टी सप्तरी क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष जोगेन्द्र पासवानको अध्यक्षतामा आयोजित सभामा सो पार्टीका केन्द्रीय सदस्यहरु भोला खंग खत्बे, गंगा सदा, मंगल परियार, सो पार्टीको क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार कुशेश्वर साह, दलित जनजाती महिला मञ्च सप्तरीका अध्यक्ष कोपिला विश्वकर्मा लगायतले बोल्नुभयो ।  
यसैगरी सप्तरीको भारदहमा आयोजित चुनावी सभालाई अध्यक्ष पासवानले सम्बोधन गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट