News Category 2074/02/10

संविधान संसोधन बिना मधेशमा कुनै पनि निर्वाचन हुन नदिने महतोको चेतावनी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
विरगन्ज, ९ जेठ । 
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले संविधान संसोधन बिना मधेशमा कुनै पनि निर्वाचन हुन नदिने चेतावनी दिनुभएको छ । 
पर्साको धोबनी गाँउपालीका, हरिहरपुरमा मंगलबार सम्पन्न विरोध सभा एवं पार्टी प्रवेश कार्यक्रममा सो चेतावनी दिँदै अध्यक्ष महतोले यदि जबरजस्ति निर्वाचन गराउन राज्यले प्रयास गरेमा यसको परिणाम निकै घातक हुने बताउनुभयो । 
उहाँले सरकारको यस्तै रवैया रहिरहयो भने तराई मधेशमा रहेका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकाहरुमा संविधान संसोधन बिना कहिले पनी निर्वाचन हुन नदिने उल्लेख गर्नुभयो । 
सो विरोध सभा एवं पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौं व्यक्ति राजपा नेपालमा प्रवेश गरेका छन् । 
पार्टीका नेता नागेन्द्र प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका अर्का अध्यक्ष अनिल कुमार झा, महामन्त्रि जितेन्द्र सोनल, सांसद रमेश प्रसाद कुर्मी, सह–अध्यक्ष लक्षमणलाल कर्ण, उपाध्यक्ष सुरेन्द्र कुर्मी, महासचिव विमल श्रविास्तव, शिव पटेल, महासचीव राजेश मान सिंह, कदम रसुल, सह–महासचीव निजामुद्दिन समानी, राजेशराम यादव, केन्द्रिय सदस्यहरु रहमतुल्लाह खान, परमानन्द चौधरी, मालती कुशुवाहा, उषा श्रीवास्तव, प्रतिमा जोशी, मुन्नि श्रीवास्तव, नेहाल खान, शशी कपुर मिया, लगायतको सहभागीता रहेको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट