News Category 2074/02/13

चट्याङ लागेर दुईको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
वर्षासँगै झरेको चट्याङ लागेर सप्तरीको छुट्टाछुट्टै दुई स्थानमा दुई व्यक्तिको मृत्यु भएको छ । 
जिल्लाको सुरुङ्गा नगरपालिका ४ बस्ने २५ वर्षीया रविना चौधरीको शुक्रबार बिहान चट्याङ लागेर मृत्यु भएको हो । घर नजिकै आपको बगैचामा काम गरिरहेको अबस्थामा वर्षासँगै एक्कासी परेको चट्याङले उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 
यस्तै बिहीबार साँझ जिल्लाकै हनुमाननगर कंकालनी नगरपालिका ४ निवासी ४० बर्षिय सुरेन मुखियाको मृत्यु भएको छ । बेलुका आफ्नै बारीमा रहेको झुपडीमा मकै रुङ्न बसेका मुखियालाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट