News Category 2074/02/15

ईटा भट्टाका कर्मचारीको रहस्यमय मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
सप्तरीको हर्दिया कटैयास्थित पूर्णिमा ईटा भट्टामा कार्यरत एक कर्मचारीको शनिबार राति रहस्यमय मृत्यु भएको छ । 
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित साविकको १ न. जोगिनिया वडा न. ७ निवासी अन्दाजी ४० वर्षिय तेज नारायण बनबरिया यादवको रहस्यमय तरीकाबाट हत्या गरिएको अवस्थामा शव फेला परेको परिवारजनले बताएका छन । 
विगत ३ महिनादेखि यादव सो ईटा भट्टामा कार्यरत रहेको तथा शनिबार राति करिब १ बजेतिर यादवको मृत अवस्थामा शव फेला परेको पीडितका परिवारजनलाई उद्धित गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शरीरको विभिन्न स्थानमा गम्भिर चोट लागेको अवस्थामा फेला परेको परिवारजनले बताएका छन् । मृतकका परिवारजनका अनुसार कसैले ब्यक्तिगत रिसिभिका कारणले हत्या गरेको हुन सक्ने अनुमान गरेको छ । 
यता मृतकको शव हाल पोष्टमार्टमसका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा राखिएको तथा घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी अनुराग द्धिवेदीले जानकारी दिनुभयो । 
यादवको हत्या गरिएको भनि मृतकका परिवारजनले दाबी गरिरहेको सम्बन्धमा एसपी द्धिवेदीले पोष्टमार्टमसको रिपोर्ट नआएसम्म केही भन्न सकिने बताउनुभयो । 
यसैबिच मृतकका परिवारजनले राजविराजमा पोष्टमार्टमस नगरी धरान अथवा विराटनगरमा गर्नुपर्ने तथा हत्या गरिएका युवकको घटनाको विस्तृत अनुसन्धान गरी दोषीमाथि आवश्यक कार्बाही गर्नुपर्ने माँग समेत गरेका छन । मृतक यादवको एक श्रीमति र १० वर्षिय छोरा रहेका छन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट