News Category 2074/02/18

राजपाको आन्दोलनका कार्यक्रमहरु स्थगित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ जेठ । 
राष्ट्रिय जनता पार्टी सम्मिलित संघीय गठवन्धनले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ । 
स्थानिय तहको दोश्रो चरणको घोषित निर्वाचन मिति, उम्मेदवारी दर्ता लगायतका कार्यक्रमहरुलाई लक्षित गरि जेठ १७, १८ र १९ गतेको आन्दोलनका कार्यक्रमलाई तत्कालका लागि स्थगित गरिने निर्णय गरिएको राजपा सप्तरीका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाले जानकारी दिनुभयो ।  
राजपालाई सहभागी गराउन भन्दै सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव असार १४ गतेलाई सारेको छ ।
तर, राजपाले भने चुनावमा सहभागी हुने प्रतिवद्धता जनाइसकेको छैन । उसले चुनावको वातावरण बनाउन माग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट