News Category 2074/02/20

एकै परिवारका तीन जना दृष्टिबिहिनलाई गुजारा गर्न धौं–धौं

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
सप्तरीको बेल्हीचपेना गाउँपालिका साविक वेल्ही चपेना गाविस वडा नं २ जमुवा टोलका एकै परिवारका बुवा, छोरा र छोरी समेत दृष्टिबिहिन छन् । 
बेल्हीचपेना गाउँपालिका निवासी मुस्लीम बस्तीका ३० बर्षिय मो. बसिर हुसैन जन्मजात देखि नै दृष्टिविहिन रहेका कारणले बिच्चलीमा परेका हुन । बसिरसँगै उनका दुई जना छोराछोरीहरु पनि दृष्टिविहिन छन् । बुवा र छोराछोरी एउटै परिवारका तिन जना सदस्य दृष्टिबिहिन भएपछि सो परिवारको जिवन धान्न निकै समस्या भईरहेको छ । 
बसिरका जेठी छोरी ४ बर्षिया हलिमा खातुन तथा २ बर्षिय छोरा मो.नासिर हुसैन पनि जन्मेदेखि नै दृष्टिविहीन छन् । यस्तै उनका श्रीमति सुस्त मनोस्थितिकी कारणले उनको जीवन एकदमै कष्टकर र दयनिय अवस्था चलिरहेको छ । तर, पनि उनी समक्ष अहिलेसम्म कुनै सहयोगि हात बढ्ेको छैन् । समस्यै समस्याबाट जसोतसो गुजारा गरिरहेका वसिरसँग जग्गा जमीनको नाममा घर मात्रै रहेको छ भने उनको परिवारको गुजारा वृद्ध आमाले अरुको घरमा काम गरेर गर्दै आईरहेकी छिन् ।
सरकारले वसिरलाई अपाङ्गता आधारमा चौमासिक रुपमा रु. ४ हजार प्रदान गरेपछि सोही रकमबाट पाँच जना परिवारको गुजारा चलिरहेको छ । यो बाहेक अन्य कुनै सीप नभएकाले पनि बसिरलाई आफु तथा आप्mना छोराछोरी, श्रीमति र बुढी आमाको न्युन कमाईबाट गुजारा गर्नमा बाध्य छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट