News Category 2074/02/21

नपातर्फ बोदे बर्साइन र गापातर्फ छिन्नमस्तामा बढी बजेट बिनियोजन

दैनिक समाचारदाता

राजविराज÷सरकारले मुलुकभरीको स्थानीय निकायका लागि बजेट विनियोजन गरेको छ । 
सप्तरीमा रहेको ९ नगरपालिका मध्ये जिल्लाको सबैभन्दा बढी बजेट बोदे बर्साइन नगरपालिकाका लागि तथा सबैभन्दा कम सप्तकोशी नगरपालिकामा विनियोजन गरेको छ । 
बोदे बर्साइन नगरपालिकामा ४८ करोड ४१ लाख ८३ हजार तथा सप्तकोशी नगरपालिकाका लागि कुल १८ करोड ८२ लाख १७ हजार रुपैयाको बजेट बिनियोजन गरेको हो । 
यस्तै सबै भन्दा पुरानो राजविराज नगरपालिका लागि ३७ करोड ८६ लाख ६७ हजारको बजेट बिनियोजन गरेको छ भने कञ्चनरुप नगरपालिकामा ३९ करोड ४ लाख ४२ हजार, खडग नगरपालिका ३७ करोड ४१ लाख १३ हजार, डाक्नेश्वरी नगरपालिका ३६ करोड ६१ लाख ८ हजार, शम्भुनाथ नगरपालिका ३० करोड २४ लाख २१ हजार, सुरुंगा नगरपालिका ३४ करोड ४३ लाख ९ हजार र हनुमाननगर कंकालिनी नगरपालिका ३६ करोड ७९ लाख ७३ हजार बजेट विनियोजन गरेको छ ।
यस्तै जिल्लाको ८ गाउँपालिका मध्ये सबै भन्दा बढी छिन्नमस्ता गाउँपालिका २६ करोड ५६ लाख ९ हजार तथा सबै भन्दा कम तिरहुत गाउँपालिका १७ करोड ९८ लाख ६३ हजारको रम बिनियोजन गरेको हो । 
यस्तै कृष्णसवरण गाउँपालिकामा २१ करोड ७७ लाख २४ हजार, रुपनी गाउँपालिका २२ करोड १९ लाख २८ हजार, तिलाठी कोइलाडी गाउँपालिका २४ करोड ३७ लाख २४ हजार, इटहरी बिष्णुपुर गाउँपालिका २१ करोड २४ लाख ४४ हजार, बेल्ही चपेना गाउँपालिका २० करोड ९१ लाख ५६ हजार र महदेवा गाउँपालिका २२ करोड ८८ हजार र बजेट विनियोजन गरेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट