News Category 2074/02/21

राजविराज हटियामा बर्षौदेखी अतिक्रमण गरिएको बाटो खुलाईयो

दैनिक समाचारदाता

राजबिराज÷सप्तरी युथ नेपालको पहलमा ५० हप्ते सरसफाइ अभियान अन्र्तगत शनिबार  ३९ औं हप्ता राजबिराजस्थित हटियामा बर्षौदेखी अतिक्रमण गरिएको बाटो खुलाइएको छ । 
हटियाका व्यवसायीहरुले गठन गरेको हटिया व्यवस्थापन समितिको निर्णय अनुसार ७ दिन भित्र हटियाको अतिक्रमण हटाउने तथा हटियालाई सफा गर्ने निर्णय अनुसार सप्तरी युथ नेपालको पहलमासो बाटो खुलाइएको हो । 
सप्तरी युथले तरकारी हटिया, मनिहारा लाईन, फलफुल पसल, चुरा मुरी पसल लगायतमा सरसफाइ गर्नुको साथै अतिक्रमण हटाएको जनाएको छ । 
हटिया व्यवसायीहरुको पहलमा बिगत एक सातादेखी हटियाको सरसफाइ हुदै आईरहेको हटिया व्यवसायी संघका अध्यक्ष गोपाल महतोले जानकारी दिनुभयो । 
सप्तरी युथ नेपालले शुरुवात गरेको सरसफाइ अन्र्तगत हटिया क्षेत्रमा व्यवसायीहरुले थुपारेर राखेको कैयौ दिनको फोहोरहरु समेत युवाहरुले सरसफाइ गरेका छन् । हटियामा नाला अगाडी रहेको सम्पुर्ण पसल कबलहरुलाई नाला पछाडि गर्नुका साथै छज्जी दिई पसल कवल भन्दा अगाडि राखेकाहरुलाई समेत सो हटाई आफनो क्षेत्र भित्र राखिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट